११ असार २०८३, बिहिबार | June 25, 2026

बीआरआईमा नेपालको दृढ समर्थनपछि चिनियाँ राष्ट्रपति सीद्वारा प्रधानमन्त्री प्रचण्डको प्रशंसा

दुई देशको सम्बन्ध - समानता र पारस्परिक लाभमा आधारित सहयोगको राम्रो उदाहरण



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल र चीनबीचको मैत्रीपूर्ण र सहयोगी सम्बन्धलाई नयाँ उचाइ दिनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्दै राष्ट्रपति सीले प्रधानमन्त्रीको रुपमा प्रचण्डको तेस्रो कार्यकालमा नेपाल र चीनबीचको सम्बन्धमा फलदायी नतिजा ल्याउँदै सम्बन्धलाई नयाँ उचाई दिनेमा विश्वस्त रहेको बताएका हुन् ।

राष्ट्रपति सीले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धको विकासलाई प्रवर्द्धन गर्ने र बेल्ट एण्ड रोड इनिसिएटिभ निर्माणमा दुई देशबीचको सहयोगको दृढ समर्थनप्रति प्रधानमन्त्रीको प्रतिबद्धताको उच्च प्रशंसा समेत गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएको छलफलमा दुई देशबीच रणनीतिक साझेदारीका विषयमा कुराकानी भएको छ।
उक्त छलफलमा बीआरआई कार्यान्वयनबारे छलफल भएको छ । तर, नेपाली पक्षले तयारी नपुगेको भनेपछि ठोस प्रगति नभएको बताइको छ । यद्यपी प्रधानमन्त्री प्रचण्डले बीआरआईमा नेपालको प्रतिवद्धता पुनः दोहोर्याएका थिए ।

चिनियाँ विदेश मन्त्रालयले द्विपक्षीय वार्तापछि चीन र नेपालले भूगोलमा साना(ठूला भए पनि समानता र पारस्परिक लाभमा आधारित सहयोगको राम्रो उदाहरण स्थापित गरेको सामाजिक सञ्जालमा उल्लेख गरेको छ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ५ : १० बजे

सैन्य अभ्यासका क्रममा एक जना सैनिक जवानको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका