४ पुस २०८२, शुक्रबार | December 20, 2025

बीआरआईमा नेपालको दृढ समर्थनपछि चिनियाँ राष्ट्रपति सीद्वारा प्रधानमन्त्री प्रचण्डको प्रशंसा

दुई देशको सम्बन्ध - समानता र पारस्परिक लाभमा आधारित सहयोगको राम्रो उदाहरण



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल र चीनबीचको मैत्रीपूर्ण र सहयोगी सम्बन्धलाई नयाँ उचाइ दिनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्दै राष्ट्रपति सीले प्रधानमन्त्रीको रुपमा प्रचण्डको तेस्रो कार्यकालमा नेपाल र चीनबीचको सम्बन्धमा फलदायी नतिजा ल्याउँदै सम्बन्धलाई नयाँ उचाई दिनेमा विश्वस्त रहेको बताएका हुन् ।

राष्ट्रपति सीले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धको विकासलाई प्रवर्द्धन गर्ने र बेल्ट एण्ड रोड इनिसिएटिभ निर्माणमा दुई देशबीचको सहयोगको दृढ समर्थनप्रति प्रधानमन्त्रीको प्रतिबद्धताको उच्च प्रशंसा समेत गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएको छलफलमा दुई देशबीच रणनीतिक साझेदारीका विषयमा कुराकानी भएको छ।
उक्त छलफलमा बीआरआई कार्यान्वयनबारे छलफल भएको छ । तर, नेपाली पक्षले तयारी नपुगेको भनेपछि ठोस प्रगति नभएको बताइको छ । यद्यपी प्रधानमन्त्री प्रचण्डले बीआरआईमा नेपालको प्रतिवद्धता पुनः दोहोर्याएका थिए ।

चिनियाँ विदेश मन्त्रालयले द्विपक्षीय वार्तापछि चीन र नेपालले भूगोलमा साना(ठूला भए पनि समानता र पारस्परिक लाभमा आधारित सहयोगको राम्रो उदाहरण स्थापित गरेको सामाजिक सञ्जालमा उल्लेख गरेको छ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ५ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको