१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा



जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन् । सोही अवसरमा उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरे ।

राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरेका थिए । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको आज दिउँसो समुद्घाटन कार्यक्रम रहेको छ । सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट आयोजना गरिने नागरिक अभिनन्दन उनले ग्रहण गर्नेछन् ।

राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ११ : १५ बजे

पोखराको फिर्केखोलाको खोलाघरमा बनेको संरचना आजदेखी हटाउदै महानगरपालिका

कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र

बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका-१

ह्वाइट हाउस नजिक गोली चल्दा उच्च सतर्कता, ट्रम्प सुरक्षित

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिक गोली चलेपछि

आजको मौसम : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा

८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभा सम्पन्न

नेपालगन्ज । ८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ