१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आधुनिक चलचित्र भवनको सङ्ख्या बढ्दो



काठमाडौं । आधुनिक प्रविधि र नयाँ विषयवस्तुले चलचित्रमा स्थान पाउन थालेपछि दर्शकको हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा आधुनिक तथा सुविधासम्पन्न भवन पर्न थालेका छन् ।

अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखिएको छ । सहरमा मात्र नभई गाउँमा समेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा आएका छन् । यसले पनि दर्शकको रोजाइलाई प्रस्ट्याउँछ ।

प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले पुराना शैलीका चलचित्र भवन लगभग विस्थापित भएको बताए । उनले भने, “अहिले सानो क्षमताका भए पनि आधुनिक प्रविधि र सुविधासम्पन्न भवन गाउँसम्म पुगेका छन्, पुराना कि त बन्द भएका छन् वा नयाँ शैलीमा रुपान्तरण भएका छन् ।”

उनले नेपालमा ‘थ्री डी’ चलचित्र हेर्न पाइने भए तापनि विश्वभर लोकप्रिय भइरहेको ‘आइम्याक्स’ प्रविधि भने अहिले नेपालमा भित्रिने सम्भावना कम रहेको जानकारी दिए । “आर्थिक लागत र आइम्याक्समा चाहिने दर्शक सङ्ख्या अभावका कारण उक्त प्रविधि नेपालमा आउन समय लाग्छ, अहिले भइरहेको आधुनिक प्रविधिलाई मोफसलका सहरमा पु¥याउनेतर्फ हामी केन्द्रित छौँ”, महासचिव महर्जनले भनो ।

चलचित्र वितरण संस्था डिजिटल सिनेमा नेपालका अध्यक्ष अशोक शर्माले नेपालमा डिजिटल प्रविधि भित्रिएसँगै चलचित्र हेराइमा आधुनिकता देखिएको बताए । उनले भने, “अहिले एकल पर्दा रहेका पुरानो शैलीका चलचित्र भवन लगभग छैनन्भन्दा फरक पर्दैन, दर्शक त्यस्ता हलमा जानै छाडेका छन्, उहाँहरु पनि गुणस्तरीय प्रविधिमा नै चलचित्र हेर्न चाहनुहुन्छ ।”

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १ : २० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले