४ पुस २०८२, शुक्रबार | December 19, 2025

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति चीनको दृढ समर्थन



काठमाडौं । नेपालले ताइवानी पृथकतावादी गतिविधि विरुद्ध रहेको प्रष्ट पारेको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको प्रतिनिधिमण्डले शीर्ष चिनियाँ नेतृत्वसँग गरेको दुईपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपाल ताइवानको पृथकतावादी गतिविधि विरुद्ध रहेको प्रष्ट पारिएको छ ।

नेपालले एक चीन नीतिप्रति पुनः दृढ प्रतिवद्धता जनाउँदै ताइवानको स्वतन्त्रताको पक्षमा हुने कुनै पनि गतिविधिको विरुद्धमा रहेको प्रष्ट पारेको हो ।

नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेशमन्त्रालयद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाली पक्षले एक चीन सिद्धान्तप्रति दृढ प्रतिबद्धता दोहोर्‍याएको छ। चीनको सरकार सिंगो चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानुनी सरकार हो र ताइवान चीनको भूभागको अविभाज्य भाग हो भन्ने मान्यता राख्दै नेपाली पक्ष ताइवानको स्वतन्त्रताको विरुद्धमा छ ।’

नेपालले तिब्बत मामिला पनि चीनको आन्तरिक मामिला भएको प्रष्ट पारेको छ । ‘नेपालको भूमिमा चीन विरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन नदिने कुरा नेपालले दोहोर्याएको छ’, विज्ञप्तिमा भनिएको छ ।

चीनले मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशीताको सिद्धान्त र छिमेकीमा मित्रता र साझेदारी कायम गर्ने नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

“चीनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कायम राख्न दृढताका साथ समर्थन गर्दछ र नेपालको स्वतन्त्र छनोटको सामाजिक व्यवस्था र राष्ट्रिय परिस्थिति अनुकूल विकास मार्गको सम्मान र समर्थन गर्दछ,” संयुक्त विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १० : १२ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ