११ असार २०८३, बिहिबार | June 26, 2026

बुटवलमा सन्ध्याकालिन तिनाउ महाआरती प्रारम्भ



बुटवल । पछिल्लो समय धार्मिक कार्यमा ब्यापक प्रचलनमा आएको महाआरती कार्यको बुटवलमा पनि आरम्भ गरिएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् लुम्बिनी प्रदेश (नाट्टा) को आयोजनामा रुपन्देहीको बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम गरिएको हो ।

बुटवल उपमहानगरपालिका–३ पुलचोकस्थित दुर्गा मन्दिरमा आजबाट सन्ध्याकालिन महाआरतीमा प्रारम्भ गरिएको हो ।

४४ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सन्ध्याकालीन महाआरती कार्यक्रम प्रारम्भ गरिएको नाट्टाकी लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । प्रारम्भकै दिन देखिएको सहभागीताले यो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना देखिएको उनले बताइन् ।

बुटवलमा भएकोे महाआरती कार्यक्रमले बुटवल क्षेत्रको पर्यटन प्रवद्र्धनलाई महत्वपूर्ण सहयोग गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । बुटवललाई नेपाल भारतको धार्मिक पर्यटनको केन्द्र बनाउने गरी योजना बनाउन पर्यटन व्यवसायीलाई आग्रह गर्दै उनले आफूले त्यस कार्यमा पूर्ण साथ दिने प्रतिवद्धता व्यक्त गरे । उनले भारतीय पर्यटकलाई आर्कषण गर्दै योजना बनाउनुपर्ने र त्यसमा उपमहानगरले पूर्ण साथ दिने बताए ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले उपमहानगरले महाआरतीका लागि बजेट निर्धारण गरिसकेकाले धार्मिक संघ–संस्थाहरुलाई सहकार्यका लागि आग्रह गरिन् ।

आजको महाआरती कार्यक्रमको पर्यटन विकास परिषद लुम्बिनी प्रदेश प्रवद्र्धक रहेको थियो भने बुटवल उपमहानगरपालिकाले सहकार्य गरेको थियो ।

महाआरती कार्यक्रममा जगतगुरु अनन्तश्री विभूषित ‘बालसन्त’ मोहनशरण देवाचार्य महाराजले यो क्षेत्रको ऐतिहासिक धार्मिक महत्वको बारेमा प्रवचन दिएका थिए । नाट्टाले धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्षदेखि महाआरती कार्यक्रम गर्दै आएको छ । नाट्टाकै सहयोगमा लुम्बिनी प्रदेश अन्तर्गत नेपालगन्जको बागेश्वरीमा, बाँकेको खजुरामा पनि महाआरतीको प्रारम्भ गरिएको छ ।

धार्मिक तथा साँस्कृतिक पहिचान र प्रवद्र्धनबाट यस क्षेत्रको पर्यटन उद्योगलाई चलायमान बनाउन तथा बुटवलको ऐतिहासिकतालाई प्रचारमा ल्याउन सन्ध्याकालीन आरतीले महत्वपूर्ण भूमिका खेल्ने नाट्टा अध्यक्ष पन्तले बताइन् । उनले महाआरतीलाई निरन्तरता दिने पनि जनाइन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ११ : ०५ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा