९ चैत्र २०८२, सोमबार | March 23, 2026

एमाले बागमती अधिवेशन दुई दिन लम्बियो, आजबाट निर्वाचन प्रक्रिया सुरु



काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ । बाग्मती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेसन लम्बिएको हो ।

जसका कारण हिजो सम्पन्न हुनुपर्ने अधिवेशन दुइ दिन बढी लम्बिन पुगेको हो । जसअनुसार आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । गत ८ गते सुरु भएको अधिवेशन ९ गते सम्पन्न गर्ने भनिए पनि अब अधिवेशन ११ असोजसम्म चल्नेछ । निर्वाचन समितिले असोज १० र ११ गतेको निर्वाचन कार्यतालिकाको बारेमा जानकारी दिए पछि दुई दिन बढी लम्बिएको हो ।

जसअनुसार निर्वाचन कार्यक्रम आज  बिहान ८ बजेदेखि सुरु हुनेछ । तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन हुनेछ भने ९ देखि ११ बजे उम्मेदवारी मनोनयन गरिनेछ । दिउँसो  ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुटाएको निर्वाचन समितिले साँझ ५ बजे मात्रे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।

विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने छ भने सोह दिन निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन पर्ने गर्ने जनाईएको छ । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

बन्द सत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको बागमती एमालले निर्वाचनको सम्पुर्ण प्रक्रिया भने च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा गर्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : ५५ बजे

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५