२३ असार २०८३, मंगलबार | July 8, 2026

एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै



गण्डकी । नेकपा (एमाले)को प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिए ।

अधिवेशनमा प्रदेशका ८५ वटै स्थानीय तहबाट नौ सय सात प्रतिनिधिले भाग लिने उनको भनाइ छ । “प्रतिनिधि छनोटलगायतको काम पूरा भइसकेको छ, केही व्यवस्थापकीय तयारीको काम बाँकी छ”, उनले भने, “सोमबार अधिवेशनको उद्घाटन समारोह र मङ्गलबार बन्दसत्र हुन्छ ।”

विभिन्न उपसमिति गठन गरेर अधिवेशनको तयारीलाई तीव्रता दिइएको एमाले गण्डकीले जनाएको छ । अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको दिन नजिकिएसँगै नेतृत्वका आकाङ्क्षीको नाम चर्चामा आउन थालेको छ । अहिलेसम्म कसैले पनि आधिकारिकरूपमा उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।

प्रदेश अध्यक्षको आकाङ्क्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दबाडी, उपसचिव रश्मी आचार्यलगायतको नाम चर्चामा छ । केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा र रामशरण बस्नेत पनि प्रदेश अधिवेशनको प्रतिनिधिमा चुनिएका छन ।

केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वका लागि उम्मेदवारी दिनसक्ने चर्चा छ । अधिवेशनको सोमबार अमरसिंह चौरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । बन्दसत्र मङ्गलबार पोखरा सभागृहमा हुने एमाले गण्डकी सचिव दबाडीले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ३१ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको