१३ भदौ २०८३, शनिबार | August 29, 2026

एमाले मधेशमा प्रतिनिधि छनोट अन्तिममा, ९२ स्थानिय तहकाे नाम टुंगियाे



महाेत्तरी । नेकपा एमालेकाे प्रथम मधेश प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनाैट अन्तिम चरणमा छ । प्रतिनिधि चयनका लागि आज साेमबारलाई ताेकिएकाे निर्वाचन परिणाम धमाधम प्राप्त भइरहेका साे दलकाे प्रदेश प्रचार तथा सूचना विभागले जनाएकाे छ ।

प्रदेशका आठवटा  जिल्लाका १३६ स्थानीयतहलाई निर्वाचन इकाई ताेकिएकाे छ । पार्टी सदस्य सङ्ख्याका आधारमा चयन हुने प्रतिनिधि सङ्ख्या एक हजार २५ हुने विभागका प्रमुख साेम शर्माले जानकारी दिए ।

“प्रदेश विभाग र जनसङ्गठनबाट प्रतिनिधिका नाम आइसकेका छन्” शर्माले भने, ‘त्यसैगरी भूगाेल (स्थानीय तह) बाट छानिएका प्रतिनिधिकाे नाd पनि प्राप्त भईरहेका छन् ।” अहिलेसम्म १३६ स्थानीय तहमध्ये ९२ बाट प्रतिनिधिकाे नाम प्राप्त भएकाे विभागले जनाएकाे छ ।

भूगाेलबाट छानिने प्रतिनिधिमा ७० प्रतिशत सर्वसम्मत भएका छन् । निर्वाचन कार्यक्रमअनुसार मतदान भएका ठाउँकाे मतगणना परिणाम मङ्गलबार बिहानसम्म आइ सक्ने शर्माले जानकारी दिए ।

एमालेकाे प्रथम मधेश अधिवेशन यही असाेज २४-२५ गते जनकपुरधाममा हुँदैछ ।

 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : १९ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ