५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

एमाले मधेशमा प्रतिनिधि छनोट अन्तिममा, ९२ स्थानिय तहकाे नाम टुंगियाे



महाेत्तरी । नेकपा एमालेकाे प्रथम मधेश प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनाैट अन्तिम चरणमा छ । प्रतिनिधि चयनका लागि आज साेमबारलाई ताेकिएकाे निर्वाचन परिणाम धमाधम प्राप्त भइरहेका साे दलकाे प्रदेश प्रचार तथा सूचना विभागले जनाएकाे छ ।

प्रदेशका आठवटा  जिल्लाका १३६ स्थानीयतहलाई निर्वाचन इकाई ताेकिएकाे छ । पार्टी सदस्य सङ्ख्याका आधारमा चयन हुने प्रतिनिधि सङ्ख्या एक हजार २५ हुने विभागका प्रमुख साेम शर्माले जानकारी दिए ।

“प्रदेश विभाग र जनसङ्गठनबाट प्रतिनिधिका नाम आइसकेका छन्” शर्माले भने, ‘त्यसैगरी भूगाेल (स्थानीय तह) बाट छानिएका प्रतिनिधिकाे नाd पनि प्राप्त भईरहेका छन् ।” अहिलेसम्म १३६ स्थानीय तहमध्ये ९२ बाट प्रतिनिधिकाे नाम प्राप्त भएकाे विभागले जनाएकाे छ ।

भूगाेलबाट छानिने प्रतिनिधिमा ७० प्रतिशत सर्वसम्मत भएका छन् । निर्वाचन कार्यक्रमअनुसार मतदान भएका ठाउँकाे मतगणना परिणाम मङ्गलबार बिहानसम्म आइ सक्ने शर्माले जानकारी दिए ।

एमालेकाे प्रथम मधेश अधिवेशन यही असाेज २४-२५ गते जनकपुरधाममा हुँदैछ ।

 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : १९ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे