९ कार्तिक २०८३, सोमबार | October 26, 2026

एमाले बागमती अधिवेशन दुई दिन लम्बियो, आजबाट निर्वाचन प्रक्रिया सुरु



काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ । बाग्मती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेसन लम्बिएको हो ।

जसका कारण हिजो सम्पन्न हुनुपर्ने अधिवेशन दुइ दिन बढी लम्बिन पुगेको हो । जसअनुसार आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । गत ८ गते सुरु भएको अधिवेशन ९ गते सम्पन्न गर्ने भनिए पनि अब अधिवेशन ११ असोजसम्म चल्नेछ । निर्वाचन समितिले असोज १० र ११ गतेको निर्वाचन कार्यतालिकाको बारेमा जानकारी दिए पछि दुई दिन बढी लम्बिएको हो ।

जसअनुसार निर्वाचन कार्यक्रम आज  बिहान ८ बजेदेखि सुरु हुनेछ । तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन हुनेछ भने ९ देखि ११ बजे उम्मेदवारी मनोनयन गरिनेछ । दिउँसो  ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुटाएको निर्वाचन समितिले साँझ ५ बजे मात्रे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।

विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने छ भने सोह दिन निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन पर्ने गर्ने जनाईएको छ । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

बन्द सत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको बागमती एमालले निर्वाचनको सम्पुर्ण प्रक्रिया भने च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा गर्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : ५५ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको