२१ बैशाख २०८३, सोमबार | May 5, 2026

प्रधानमन्त्री प्रचण्ड आज ल्हासा जाँदै



चोङछिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै जाँदैछन् । ।

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज बिहान चीनको चोङछिङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा प्रचण्ड ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्रीले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उनले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डआज ल्हासामा नै बस्ने कार्यक्रम छ । उनका साथमा भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन्।

यसअघि प्रधानमन्त्री प्रचण्ड हिजो बेइजिङबाट चोङछिङ सहर आइपुग्नुभएको थियो । यहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा यस चोङछिङ महानगरले गरेका कार्यहरुको जानकारी लिएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : ३० बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,