३० बैशाख २०८१, आइतबार | May 12, 2024

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत



काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका हुन्। विमानस्थलमा पर्यटकलाई स्वागत गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाको पनि सहभागिता थियो ।

बिहान टर्किस एयरलाइन्सबाट आएका विदेशी पर्यटकलाई विमानस्थलमा स्वागत गरी पर्यटन दिवसका विभिन्न कार्यक्रम भइरहेको छ । यस्तै बिहान प्रभातफेरी गरिएको छ । ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिएको हो । अहिले पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रममा भइरहेको छ ।

पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाइँदै छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : ४३ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को