१७ श्रावण २०८३, आइतबार | August 2, 2026

गृह मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ



काठमाडौं । गृह मन्त्रालयले केही दिनयता विभिन्न जिल्लाहरूमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जनाएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले मकवानपुर, कञ्चनपुर, लमजुङ र कास्की लगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू माथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषिमाथी कारबाही गरिने बताएको हो ।

हिजो गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले स्वास्थ्कर्मीहरुमाथि आक्रमण गर्नेहरूलाई स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रकारका विरोधका कार्यक्रमहरू अन्त्य गरी आफ्नो जिम्मेवारी कर्तव्य निर्वाह गर्दै आ-आफ्नो कार्यक्षेत्रमा फर्कन स्वास्थ्यकर्मीलाई मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ५ : ५१ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा