३ पुस २०८२, बिहिबार | December 19, 2025

बाँकेमा आजबाट डाक्टरहरु कामकाज छाडेर सडकमा, डाक्टरहरु क्लिनिकमा समेत नबस्ने



नेपालगन्ज । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा आक्रमण हुन थालेको भन्दै बाँकेका चिकित्सकहरु कामकाज छाडेर सडकमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा बाँकेका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरुले काम बन्द गरेर सडकमा उत्रिएका हुन् । आज बाँकेका सरकारी तथा निजी अस्पतालहरुको आकस्मिक बाहेकका सबै सेवा बन्द हुने चिकित्सक संघ बाँकेले जनाएको छ ।

चिकित्सकमाथि सुनियोजितरुपमा गरिएका सांघातिक आक्रमणले ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेपछि आन्दोलनमा उत्रनु परेको संघका बाँके अध्यक्ष डा.बिनोद कुमार थापाले बताए ।

उनले सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने जनाए । चिकित्सक संघले आजदेखि निजी क्लिनिकमा समेत सेवा नदिने निर्णय पनि गरेका छन् । नेपालगन्जमा बरिष्ठ सर्जन डा श्यामसुन्दर यादवको संयोजकत्वमा आन्दोलन थालिएको भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा. राजन पाण्डेले बताए । उनले आन्दोलन अनिश्चितकालिन भएको पनि जनाए ।

पोखरा, हेटौडा, गुल्मी, मोरङलगायतका जिल्लामा श्रृङखलाबद्धरुपमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि डाक्टरहरु सुरक्षा खोज्दै आन्दोलनमा छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : ५७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको