२१ माघ २०८२, बुधबार | February 5, 2026

बाँकेमा आजबाट डाक्टरहरु कामकाज छाडेर सडकमा, डाक्टरहरु क्लिनिकमा समेत नबस्ने



नेपालगन्ज । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा आक्रमण हुन थालेको भन्दै बाँकेका चिकित्सकहरु कामकाज छाडेर सडकमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा बाँकेका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरुले काम बन्द गरेर सडकमा उत्रिएका हुन् । आज बाँकेका सरकारी तथा निजी अस्पतालहरुको आकस्मिक बाहेकका सबै सेवा बन्द हुने चिकित्सक संघ बाँकेले जनाएको छ ।

चिकित्सकमाथि सुनियोजितरुपमा गरिएका सांघातिक आक्रमणले ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेपछि आन्दोलनमा उत्रनु परेको संघका बाँके अध्यक्ष डा.बिनोद कुमार थापाले बताए ।

उनले सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने जनाए । चिकित्सक संघले आजदेखि निजी क्लिनिकमा समेत सेवा नदिने निर्णय पनि गरेका छन् । नेपालगन्जमा बरिष्ठ सर्जन डा श्यामसुन्दर यादवको संयोजकत्वमा आन्दोलन थालिएको भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा. राजन पाण्डेले बताए । उनले आन्दोलन अनिश्चितकालिन भएको पनि जनाए ।

पोखरा, हेटौडा, गुल्मी, मोरङलगायतका जिल्लामा श्रृङखलाबद्धरुपमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि डाक्टरहरु सुरक्षा खोज्दै आन्दोलनमा छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : ५७ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता