२५ माघ २०८२, आइतबार | February 8, 2026

मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी नियुक्त



काठमाडौं । मंगलदीप अगरवत्तीको ब्राण्ड एम्बेस्डरमा नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री वर्षा सिवाकोटी नियुक्त भएकी छिन् ।

नेपालकै अग्रणी व्यावसायीक संस्था सूर्य नेपाल प्रालीले आफ्नो उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री वर्षा सिवाकोटीलाई नियुक्त गरेको हो । मंगलदीप पूजा अगरवत्ती नेपालमा सर्वाधिक रुचाइएको अगरवत्तीहो ।
सूर्य नेपालले ग्राहकहरुको आवश्यकताअनुसार विभिन्न सुगन्ध तथा प्याक साइजहरुमा यो अगरवत्ती उपलब्ध गराएको छ ।

आफ्नो उत्कृष्ट उत्पादनहरुलाई अझ सशक्त रुपमा ग्राहकहरु माझ पु¥याउन तथा आफ्नो उत्पादनहरुको प्रवद्र्धन गर्न वर्षा सिवाकोटीसँगको सहकार्य सफल हुने कम्पनीले विश्वास गरेको छ ।

नेपाली सिने जगतमा विभिन्न चलचित्रहरुमा आफ्नो अभिनयको जादु देखाएकी वर्षा सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजनाहरु गर्ने अभिप्रायको साथ मंगलदिप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ ।

अभिनेत्री सिवाकोटीले आपूm पूजा तथा अध्यात्ममा विश्वास राख्ने व्यक्ति भएको हुनाले मंगलदीप जस्तो गुणस्तरीय ब्राण्ड सँग सहकार्य गर्न पाउँदा निकै खुशी लागेको बताइन् ।

मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, चन्दन ल्यावेण्डर, ज्यासमिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्री लगायतका उत्पादनहरु बजारमा उपलब्ध छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  १२ : ५० बजे

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने