६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

एमाले बागमतीमा मतदान भोलिसम्मका लागि सारियो



काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि हुने मतदानको समय पुनः सारिएको छ । उम्मेदवारी दर्तापछि पनि सहमतिको प्रयास जारी रहँदा पटक पटक मतदानको समय सारिएको हो।

आजै साँझ ८ बजेपछि मतदान हुने बताएको एमाले बागमती प्रदेशले मतदानको समय भोलि बिहान ८ बजेको लागि तोकेको छ। मतदान पार्टी कार्यालय च्यासलमा हुनेछ।

त्यसअघि आज साँझसम्म उम्मेदवारी फिर्ता र सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी रहने एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए। आज साँझ ८ बजेसम्म सहमति नभए ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

यसअघि आज बिहान ८ बजे,११ बजे र दिउँसो १ बजेबाट मतदान सुरु गर्ने भनिए पनि सर्दै आएको छ।

आन्तरिक छलफलपछि प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। उनले अर्का प्रत्यासी कैलास ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन् । अब नेतृत्वका लागि चारजना प्रतिस्पर्धामा छन्। उनीहरूबीच पनि सहमतिको प्रयास जारी रहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  १० : ३० बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए