१० चैत्र २०८२, मंगलबार | March 24, 2026

राजकुमार पाण्डेको अध्यक्षतामा नेपाल केम्पो काई संघ लुम्बिनी प्रदेश समिति गठन



बुटवल । मार्शल आर्टका प्रशिक्षक राजकुमार पाण्डेको अध्यक्षतामा अन्तराष्ट्रिय केम्पो काई संगठन अन्तर्गत नेपाल केम्पो काई संघको लुम्बिनी प्रदेश समिति गठन भएको छद्ध । नेपाल केम्पो काई संघकोको प्रथम अधिवेसनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति गठन भएको हो ।

लुमिबनी प्रदेशका मार्शल आर्टका खेलाडीहरुको उपस्थितीमा बुटवलमामा बिहिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कुमार शाही, सचिव प्रकाश गैरे, कोषाध्यक्ष सृष्टि श्रेष्ठ, सदस्य गणेश कुवर, सम्भु मुसहर, नवराज खरेल, अदित विक, दान बहादुर सोमै, टिना थापा, सुजन कुमाल सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रदेश खेलकुद परिषद लुम्बिनीका कार्यवाहक सदस्य सचिव नरेन्द्र थापाले नेपाली खेल र खेलाडीको विकासको गति लिन नसक्नु दुःखको विषय भएको बताए । उनले खेलकुदलाई उचाईमा पुर्याउन खेलाडीको अनुसासन महत्वपुर्ण हुने बताउँदै पुर्व खेलाडीका रुपमा नेपालबाट धेरै प्रतियोगितामा भाग लिएको अनुभवहरु सुनाए । खेलाडीको समस्याबारे आफुलाई राम्रो जानकारी भएको बताउँदै उनले थोरै लगानीमा धेरै उपलब्धी हासिल गर्नु पर्ने चुनौती खेलाडीहरु सामु रहेको स्पष्ट पारे ।

नेपाल केम्पो काई संघका कार्यवाहक केन्द्रीय अध्यक्ष नाराज बहादुर खड्का (हरि) ले राष्ट्रिय खेलकुद परिषदमा २०६९ मा दर्ता भएको संघ मार्शल आर्ट खेल विकासमा लागेको बताए । उनले नेपाल केम्पो काई संघको बाहिरी देशमा राम्रो प्रचार रहेको उल्लेख गर्दै देशभित्र नै खेलको विस्तार गरि प्रभावकारी बनाउने तयारीमा संघ लागेको जनाए । दक्ष जनशक्ति निर्माणमा जोड दिदै प्रशिक्षक र खेलाडी तयारीमा आफुहरु लागेको उनले जानकारी दिए । नेपालमा हाल १७ वटा सामुराई खेलाडीहरु रहेको उनले बताए । उनले यो खेललाई प्रर्दशन खेलको रुपमा मान्यता पाउने गरि अघि बढाउने तयारी समेत रहेको पनि बताए ।

कार्यक्रममा जापान गुजोरिया कराते डो मिसनका चिफ कोच केबी राना काजीले खेलमा लागेर अनुसासित बन्न सिकाउने, कुलतबाट बचाउने भन्दै उनले मार्शल आर्टका सबैजसो विधामा सिकाई एउटै हुने जनाए । राष्ट्रपति र राष्ट्रिय खेल प्रतियोगितामा यो खेललाई समावेश हुने गरि अगाडि बढ्न उनले नवगठित संघलाई सुझाव दिए । खेलबाट अन्तरास्ट्रिय पहिचान हुने उदाहरण दिदै उनले खेलाडीको हितमा सरकारको योजना आउनुपर्ने पनि बताए ।

कार्यक्रममा नवनिर्वाचित लुम्बिनी प्रदेश अध्यक्ष राजकुमार पाण्डेले मार्शल आर्टको खेल विकासमा अघि बढाउन सबै खेलाडीहरु संगठित हुन जरुरी रहेको बताए । उनले दशौ राष्ट्रिय प्रतियोगितामा खेलाडी तयार हुने गरि प्रदेशमा खेलाडी उत्पादनमा जोड दिने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ११ : ०८ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी