१३ बैशाख २०८३, आइतबार | April 26, 2026

खस्किदै नेपाली फुटबल : प्रमुख फरवार्ड बिमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन



काठमाडौं । नेपाली राष्ट्रिय टिमका प्रमुख फरवार्ड बिमल घर्तीमगर अस्ट्रेलिया पलायन भएका छन् । देशमा ‘अवसर नपाएको’ भन्दै पछिल्लो समय एकपछि अर्को फुटबलरहरु विदेश पलायन भइरहेका छन् ।

नेपाल सुपर लिग ९एनएसल०का लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडीका रुपमा अनुबन्ध भइसकेका बिमल सम्झौता रद्ध गर्दै अस्ट्रेलिया उडेका हुन् ।

बिमल शुक्रबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईको फ्लाइटमार्फत् अस्ट्रेलिया उडेका हुन् । दुबईमा केही दिन बसेर उनी त्यहाँबाट अस्ट्रेलिया जाने बताइएको छ ।

जानुअघि उनले नेपाली राष्ट्रिय टीमका प्रशिक्षकलाई जानकारी गराएका थिए र आफूलाई राष्ट्रिय टीममा समावेश नगर्न आग्रह गरेका थिए । उनी अस्ट्रेलियामै सेटल हुने गरी गएको स्रोतले बताएको छ । नेपाली फुटबलको वातावरण सुधार भए कुनै पनि दिन आफू फर्किन तयार रहेको उनले निकटस्थसँग बताएका छन् ।

वर्षमा ४ महिना मात्र लिग हुने र ८ महिनासम्म खाली बस्नुपर्ने भएपछि नेपाली फुटबलरहरु हतोत्साही बन्दै गएका छन् । पछिल्लो समय अन्य खेलाडी पनि विदेश पलायन भइरहेका छन् । बिमलअघि अभिशेक रिजाल, दिनेश राजवंशी, सुमन अर्याल, निशान खड्का, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, दिपकसिंह ठकुरी, बिमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, रवि पासवान लगायतका खेलाडीहरु विदेश पलायन भएका थिए ।

उनको अनुपस्थितिले नेपालको टीम सेटमा ठूलै रिक्तता पैदा हुनेछ । बिमल नेपाली राष्ट्रिय टीमका प्रमुख फरवार्डका रुपमा रहेका थिए । उनी सबैभन्दा कम उमेरमा नेपालको राष्ट्रिय टीमबाट डेब्यू गर्ने खेलाडी हुन् । साथै, राष्ट्रिय टीमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान पनि उनको नाममा छ । विमलले १४ वर्षको उमेरमा डेब्यू गरेका थिए भने १५ वर्षमा पहिलो गोल गरेका थिए । राष्ट्रिय टीमबाट अहिलेसम्म उनले ९ गोल गरेका छन् ।

एन्फा एकेडेमीका उत्पादन बिमल पछिल्लो समय भने आफ्नो लय कायम गर्न संघर्षरत थिए । उनले सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा डेब्यू गोल गरेका थिए ।

बिमलले नेपालसँगै भारत र माल्दिभ्सका क्लबबाट पनि खेल्दै आएका थिए ।

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : १५ बजे

कपिलवस्तुमा स्कारपियो-ट्रक ठक्कर, दुईको मृत्यु, तीन घाइते

कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले

बुटवलको सूचनापछि उच्च अदालत अगाडि बसेका घरटहरा धनीले अन्यत्र सार्न थाले आफ्ना सामान

बुटवल । बुटवल उपमहानगरपालिका-४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास

ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, ट्रम्पलाई आकस्मिक बाहिर निकालियो

काठमाडौं । अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस संवाददाताको रात्रिभोजका