७ चैत्र २०८२, शनिबार | March 22, 2026

बाँकेको जयन्दु बाल सुधारगृहबाट फरार ४ बालबन्दी मध्य एक जना दैलेखबाट पक्राउ



नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहबाट तोडफोड मच्चाएर फरार भएका ४ बालबन्दी मध्य एक जना बाल बन्दी समातिएका छन् ।

गत असोज ४ गते राती १० बजे बाल सुधारगृहमा रहेका बालबन्दीका बिचमा आपसमा झडप हुँदा भागेर फरार रहेका चार जनामध्ये एक जना बालबन्दी दैलेखबाट पक्राउ परेका हुन् । खोजतलासका लागि खटिएको प्रहरी टोलीले दैलेख प्रहरीको समन्वयमा महाबु गाउँपालिकाबाट पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

दैलेखको महाबु गाउँपालिकाका स्थानीय ती बालबन्दीलाई उनको घर नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको डाँगीले बताए । प्रहरीले बिहीबार दैलेखमा पक्राउ परेका उनलाई नेपालगन्ज ल्याइसकेको जनाएको छ ।

बाल सुधारगृहबाट भागेका अन्य तीन जना अझै भेटिएका छैनन् । उनीहरूलाई खोज्न प्रहरीले टोली परिचालन गरिएको डिएसपी डाँगीले बताए ।

२ सय ५४ जना बाल बन्दी रहेको सुधारगृहमा भएको झडपमा परि रुपन्देही कन्चन गाँउपालिकाका एक जना बालबन्दीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । बाल सुधारगृहमा भएको झडपमा अगुवाइ गरेका ६४ जनालाई अल्पकालका लागि बिभिन्न प्रहरी युनिटहरुमा राखिएको छ । कानुन बमोजिम बालसुधार गृहमै राख्न बाध्यात्मक अवस्था रहेकाले लामो समय प्रहरी युनिटमा राख्न नसकिने डाँगीले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १२ : १६ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा