२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

मुटु जोगाउन आह्वान गर्दै बुटवलमा साइकल र्याली, साइकल राइडरले गरे मृगौला पीडितलाई आर्थिक सहयोग



बुटवल । बुटवलका क्रियाशील साइक्लिस्टहरुले साइकल र्याली गरेर विश्व मुटु दिवस मनाएका छन् । मुटु दिवसकै अवसर पारेर बुटवलका साइकल राइडरहरुले एकजना मृगौला रोगबाट पीडितलाई उपचारार्थ आर्थिक सहयोग समेत गरेका छन् । मृगौला रोगको उपचार गराईरहेका बुद्घनगरका ३३ वर्षिय गोपाल गहतराजलाई आर्थिक सहयोग गरिएको हो । साइकल र्याली सुरुहुनु पुर्व पीडित गहतराजका आमा बिन्दु सुनारलाई नगद ११ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको थियो ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानका रुपन्देही शाखाका अध्यक्ष बोनिन पिया, प्रतिष्ठानका निवर्तमान अध्यक्ष निर्मल लाकौल, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, बुटवल साईक्लिङ ग्रुप शिव चौधरी लगायतले आथिृक संकलन गरि सहयोग जुटाइएको युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

दिवसको अवसरमै नेपाल हृदय रोग निवारण प्रतिष्ठान रुपन्देही शाखाको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सचेतनामुलक साईकल रयाली समेत गरिएको छ ।

कार्यक्रममा सहभागी बुटवल युनाईटेड साईक्लिङ क्लब, साइकल सिटी बुटवल, बुटवल साईक्लिङ ग्रुप, तिनाउ साईक्लिङ क्लब, नवलपरासी साईक्लिङ संघका साइक्लिस्टहरुले ‘मन लगाउ, मुटु बचाउ, मन लगाउ, बाथ—मुटुरोगबाट बचाउ, मन लगाउ, हृदयघातबाट बचाउ, मन लगाउ, पत्रु खानाबाट मुटुलाई बचाउ ।’ भन्ने प्लेकार्ड सहित बुटवल नगर परिक्रममा गरेका थिए ।

त्यसअघि कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विश्व मुटु दिवसको अवसरमा साईकल चलाएर मानव स्वस्थ्यसंगै नगरका पर्यटकिय स्थलको प्रचारमा योगदान पुग्ने बताए । विश्वमा नै सरुवारोगी भन्दा दिर्घरोगीहरुको संख्या बढ्दो देखिएको भन्दै दैनिक कार्यालयमा सहयोगका लागि आउने नगरबासीको संख्या अत्याधिक रहेको बताए ।

उनले राजमार्ग चौराहाबाट गोलपार्कसम्मको सडकलाई पैदल फुटफाथसँगै साइकल लेन बनाउन समेत पहल गरिने बताए । मानव स्वस्थ्यको लागि साईकल चलाउनु लाभदायक भएको भन्दै उनले साइकलमैत्री पुर्वाधारमा आफुले जोड दिएको जानकारी दिए । मुल र भित्री सडकहरुमा समेत पैदल र साईकलयात्रीहरुलाई सुरक्षित खालका सडक बनाउने विषयमा सडक विभागलाई सुझाव दिएको उनले बताए ।

कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका रुपन्देही शाखाका अध्यक्ष बोनिन पियाले यो वर्ष मुटु दिवसको अवसरमा रचनात्मक र प्रभावकारी हुने गरि साईकल रयाली गरिएको जनाए । स्वस्थ्य रहन ब्यायामको महत्व प्रकाश पार्दै साईक्लिङ एउटा महत्वपूर्ण माध्यम भएको बताए । उनले मुटु स्वस्थ राख्न हरेक बिहान केहिबेर ब्यायाम गरेर मुटुलाई फुलाउने कार्यगर्न सबैलाई आह्वान गरे ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  २ : ०९ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३