२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

मुलुकको दक्ष जनशक्ति देशमै बस्नुपर्छ, दिगो विकास र समृद्धि हाम्रै पालामा सम्भव छ : अर्थमन्त्री महत



काभ्रे । अर्थमन्त्री डा। प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि सरकार योजनावद्ध ढंगले अघि बढिरहेको बताएका छन्। चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक कार्यक्रमलाई सम्बोधन गर्दै डा। महतले इन्टर पास भइसकेपछि बाहिर जाने संस्कृतिलाई रोक्नुपर्ने बताए।

‘नेपालमा शिक्षाको गुणस्तर कमजोर छ। यहाँ पढ्नु हुँदैन भन्ने गलत भास्यको विकास गरिँदै छ। हामीसामू पुरानो इतिहास पनि छदै छ। अहिले राम्रो हुँदैछ। राम्रो भएको छ। हामिले राम्रो गर्नुपर्छ। राम्रो गर्न सम्भव छ। हामी त्यो गरिरहेका छौं,’ उनले भने। उनले छात्रवृति पाउँदा मात्र उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने धारणा राखे।

नेपालमा अवसर नभएको भन्दै यहाँ राम्रो काम गरिरहेकाहरू बाहिर गएको र त्यहाँ सामान्य काम गरिरहेको बताउँदै उनले नेपालका सम्भावनालाई छोडेर बाहिर जान नहुने बताए।

उनले देशको दक्ष जनशक्ति मुलुकमै बस्नुपर्ने बताएका छन्। समै मिलेर इमान्दार भएर काम गर्दा मुलुकमा दिगो विकास र समृद्धि हासिल गर्न सकिने उनले बताए।

यसका साथै मुलुकको अर्थतन्त्र सुशारका लागि सरकार लागि परेको उनले बताए। मुलुकमा सुशासन, दिगो विकास र समृद्धि कायम गर्न सरकारले काम गरिरहेको मन्त्री महतले बताए।

‘विकसित मुलुक एकै पटक विकसित भएका होइनन्। नतिजा आउन समय लाग्छ। अहिले हामीले इमान्दारिताका साथ काम गरिरहेका छौं, नेपालमा विकास सम्भव छ’, उनले भने। कोरोना महामारीलगायत विभिन्न कारणले नेपालमात्र नभएर विश्वकै अर्थतन्त्र अप्ठ्यारो परिरहेको समयमा तत्कालको कुरामात् नहेरेर आउँदो पिडिसम्मलाई फाइदा पुग्ने कुरामा सरकार केन्द्रित रहेको उनले बताए।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : ११ बजे

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक

लुम्बिनी प्रादेशिक अस्पतालमा फेरी भेटौला कार्यक्रम

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबार ‘फेरी भेटौला’ कार्यक्रम

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले

परराष्ट्रमन्त्री खनाल नयाँदिल्ली प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको