८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको बैठकले चिकित्सकलाई कुटििपट गर्नोई कारबाही गर्न निर्देशन दिएको हो ।

चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि बैठकले दोषीलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने र गृहमन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए ।

साथै बैठकले वार्ताबाट सहमति खोज्न आन्दोलनरत चिकित्सक र सरकारलाई आग्रह गरेको छ ।

समिति सभापति जोशी र समिति सचिव निर्मलादेवी लामिछाने (वस्ती)को हस्ताक्षर रहेको निर्णयसहितको निर्देशनको पूर्णपाठ :

संघीय संसद प्रतिनिधि सभा
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

मिति २०८०/०६/१२
निर्णय
बैठक संख्या – १६

१) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठक समितिको सभापति मा। भानुभक्त जोशीको सभापतित्वमा बस्यो । समिति बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्री मोहन बस्नेत, गृह मन्त्रालयका सचिव, स्वास्थ्य सेवासम्बन्धी नेपाल मेडिकल काउन्सिल, नेपाल डेन्टल एसोसियसन, नेपाल सरकारी चिकित्सक संघ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेसनल रेजिडेन्ट डक्टर एसोसियसन, नेपाल नर्सिङ काउन्सिल, नेपाल नर्सिङ परिषदलगायत विविध सरोकारवाला संघसंस्थाहरुको प्रतिनिधिको समेत उपस्थिति थियो । चिकित्सकहरुमाथि भएको दुर्व्यवहार एवम् अनपेक्षित घटनावारे बैठकमा मा। मन्त्री, सचिव एवम् सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुले आफ्नो धारणा राख्नुभयो ।

चिकित्सकहरुमाथि भएको यस प्रकारको दुर्व्यवहारप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको र यस्तो घटनाप्रति दुःखपूर्ण खेद प्रकट गर्दै,

दोषीउपर नियमानुसारको कारवाही गर्न र सार्वजनिक सरोकारको स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवम् मैत्रीपूर्ण वनाई निर्वाध सेवा प्रवाहको वातावरण तयार गर्न सम्बन्धित निकायलाई निर्देश गर्ने ।

२) चिकित्सकहरु एवम् स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान वार्तामार्फत गर्न र चिकित्सकहरु पेशागत क्षेत्रमा नियमित हुने वातावरण सृजना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने, ३।स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न उपसमिति तथा अध्ययन कार्यदल गठन गर्ने । समितिको अर्को बैठक सूचना जारी भएपछि बस्ने गरी आजको बैठक स्थगित भयो ।

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : २४ बजे

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय