२५ मंसिर २०८०, सोमबार | December 11, 2023

न्युयोर्कमा ८० बर्ष पछि सबैभन्दा धेरै बर्षा, आपतकालको घोषणा



न्युयोर्क। भारी वर्षाले न्युयोर्कमा बाढीको अवस्था सिर्जना भएको छ ।

शुक्रबारदेखि परेको पानी पछिल्लो दशकमा एकै दिनमा भएको सबैभन्दा बढी हो । सहरका धेरै सब वे र रेल लाइनहरू बाढीले डुबानमा परेका छन् भने सामान्य जनजीवन नराम्ररी प्रभावित भएको छ। सहरका धेरै तल्लो क्षेत्र पानीले भरिएका छन्।

न्युयोर्कको लागार्डिया एयरपोर्टको टर्मिनल पनि बन्द गर्नु परेको छ । न्यूयोर्कको ब्रुकलिनमा करिब ७ इन्च पानी परेको अमेरिकी मौसमविद्हरूले बताएका छन् । केही स्थानमा एक घण्टामा साढे दुई इन्च पानी परेको थियो । जोन एफ केनेडी एयरपोर्ट क्षेत्रमा करिब आठ इन्च वर्षा भयो, जुन सेप्टेम्बर महिनाको रेकर्ड वर्षा हो।

यसअघि सन् १९६० मा डोना चक्रवातमा यति धेरै वर्षा भएको थियो । दुई वर्षअघि चक्रवाती आँधी इडाका कारण उत्तरपूर्वी क्षेत्रमा भारी वर्षाका कारण करिब १३ जनाको ज्यान गएको थियो । वर्षाका कारण अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नआए पनि यसले जनताका दुई वर्ष पुरानो डरलाग्दो सम्झना पक्कै ताजा बनाएको छ ।

न्यूयोर्कका गभर्नर र मेयरले आपतकालको घोषणा गरेका छन् र मानिसहरूलाई प्रभावित क्षेत्रहरूबाट टाढा रहन अपील गरेका छन्। भारी वर्षाका कारण म्यानहट्टनबाट जाने मेट्रो–उत्तर रेलमार्ग बन्द गर्नु परे पनि साँझबाट पुनः सञ्चालनमा आएको थियो । सडकमा पानी जमेकाले सार्वजनिक यातायात पनि ठप्प भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १० : १४ बजे

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका