२१ माघ २०८२, बुधबार | February 5, 2026

सत्तामा रहेका दल र नेताहरुले अब पनि मिसन ८४ भन्नु जनतामाथिको बेइमानी र धोका : रवि लामिछाने



नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाहिर राखेर प्रमुख दलहरु मिलेर सरकार बनाउन चुनौती दिएका छन् । रास्वपाको नेपालगन्ज् नगर भेलालाई शनिबार सम्बोधन गर्दै सभापति लामिछानेले पुराना राजनीतिक दलले देश बनाउने हो भने अझै पनि चार वर्षको प्रर्याप्त समय रहेको बताए ।

उनले लामो समय सत्तामा रहेका दल र नेताहरुले अब पनि मिसन ८४ भन्नु फेरि पनि जनतामाथिको बेइमानी र धोका भएको उल्लेख गर्दै मिसन ८४ को अभियान राजनीतिक दलले नभइ जनताले चलाउनुपर्ने बताए । उनको भनाई पुराना राजनीतिक दलहरु यथास्थितिमै अघि बढ्न नसक्ने ठोकुवा गर्दै मिसन–८४ निर्वाध आफ्ना पक्षमा हुने दावी गरे ।

सभापति लामिछानेले सरकारले प्रत्येक दिन जनविरोधी र देश बिरोधी निर्णय गर्दैआएको आरोप लगाए । ‘यो सरकारले विहान एउटा, दिउँसो एउटा र बेलुका एउटा अलोकप्रिय र नराम्रो काम गर्छ । हामीलाई सरकारको विरोध गरेनन् भन्छन्,’ सभापति लामिछानेले भने, ‘छिनछिनमा नराम्रो काम गर्ने सरकारको कति विरोध गर्नु ? यो सरकारको विरोध गर्ने हो भने त सधैं माइतीघरमा बस्नुपर्छ ।’

उनले नेपालगन्जका रिगल भनिने योगप्रसाद ढकालको आममाफीलाई संकेत गर्दै आममाफी प्रकरणलाई सरकारले गरेको नराम्रो कामसँग जोडे । ‘दिनदहाडै मान्छे मार्नेलाई छोड्ने सरकारको विषयमा के बोल्नु ?’ उनले प्रश्न गरे ।

२०७२ असार २८ गते रिगलसहितको टीमले नेपालगञ्जका चेतन मानन्धरलाई दिउँसै सडकमा खुँडा प्रहार गरेर हत्या गरेको थियो । रिगललाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएपनि यही असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए ।

सरकारले भुटानी शरणार्थी काण्ड, सुनकाण्डमा अनुसन्धान गर्ने प्रहरी अधिकृत र न्यायाधीशसमेतको सरुवा गरेको विषयलाई जोड्दै लामिछानेले यो सरकारसँग जनताले केही आशा गर्नु बेकार भएको टिप्पणी गरे।

पार्टीमा परिवारवाद, आफन्तवाद र कार्यकर्तावाद निषेध गरिएको भन्दै उनले ब्यक्तिको आदेशमा नभइ विधीको शासनमा पार्टी सञ्चालन भइरहेको बताए । कार्यक्रममा केन्द्रीय सदस्य रमेश प्रसाई, प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ५ : १६ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता