२५ मंसिर २०८०, सोमबार | December 11, 2023

भोलिबाट ३ दिन बुटवल-पाल्पाको लुम्बिनी केबलकार बन्द हुने



बुटवल । गत जेठ १५ गतेबाट संचालनमा आएको लुम्बिनी केबलकारको सेवा पहिलो पटक ३ दिनका लागि बन्द गरिने भएको छ । असोज १४ गतेदेखि तीन दिनसम्म केबलकारको सेवा बन्द हुने ब्यवस्थापनले जानकारी दिएको छ ।

असोज १४ गतेदेखि १७ गतेसम्म केबलकारको नियमित मर्मत सम्भारका लागि पूर्णरुपमा सेवा बन्द गरिने लुम्बिनी केबलकार लिका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।

केबलकारमा बेलाबखत चल्दाचल्दै रोकिने समस्या देखिएपनि ब्यवस्थापनले कुनै प्राविधिक समस्या आएर नभइ नियमित प्रकृया अन्तर्गत पहिलोपटक सेवा बन्द गरेर मर्मत सम्भार गर्न लागिएको जनाएको छ ।

बुटवलमा संचालनमा रहेको केबलकार अष्ट्रियाको डुपलमेयर कम्पनीको उपकरणबाट संचालन गरिएको हो । डुपलमेयर कम्पनीक उपकरण विश्वमै सवबैभन्दा सुक्षित र अत्याधुनिक प्रविधियुक्त मानिदै आएको ब्यवस्थापनको दाबी छ । तीन दिन सेवा बन्द हुंदा पर्यटक र भक्तजनमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको र असोज १७ गते देखि केबलकार नियमित रुपमा सञ्चालनमा आउने अपरेशन म्यानेजर सैजूले बताए ।

स्थानीयको सहभागीता सहित आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आएको साढे ४ महिनामा करिब ७५ हजार जनाले केबलकार यात्रा गरेको समेत ब्यवस्थापनले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ६ : ०५ बजे

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका