८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

भोलिबाट ३ दिन बुटवल-पाल्पाको लुम्बिनी केबलकार बन्द हुने



बुटवल । गत जेठ १५ गतेबाट संचालनमा आएको लुम्बिनी केबलकारको सेवा पहिलो पटक ३ दिनका लागि बन्द गरिने भएको छ । असोज १४ गतेदेखि तीन दिनसम्म केबलकारको सेवा बन्द हुने ब्यवस्थापनले जानकारी दिएको छ ।

असोज १४ गतेदेखि १७ गतेसम्म केबलकारको नियमित मर्मत सम्भारका लागि पूर्णरुपमा सेवा बन्द गरिने लुम्बिनी केबलकार लिका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।

केबलकारमा बेलाबखत चल्दाचल्दै रोकिने समस्या देखिएपनि ब्यवस्थापनले कुनै प्राविधिक समस्या आएर नभइ नियमित प्रकृया अन्तर्गत पहिलोपटक सेवा बन्द गरेर मर्मत सम्भार गर्न लागिएको जनाएको छ ।

बुटवलमा संचालनमा रहेको केबलकार अष्ट्रियाको डुपलमेयर कम्पनीको उपकरणबाट संचालन गरिएको हो । डुपलमेयर कम्पनीक उपकरण विश्वमै सवबैभन्दा सुक्षित र अत्याधुनिक प्रविधियुक्त मानिदै आएको ब्यवस्थापनको दाबी छ । तीन दिन सेवा बन्द हुंदा पर्यटक र भक्तजनमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको र असोज १७ गते देखि केबलकार नियमित रुपमा सञ्चालनमा आउने अपरेशन म्यानेजर सैजूले बताए ।

स्थानीयको सहभागीता सहित आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आएको साढे ४ महिनामा करिब ७५ हजार जनाले केबलकार यात्रा गरेको समेत ब्यवस्थापनले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ६ : ०५ बजे

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय