१८ आश्विन २०८३, आइतबार | October 4, 2026

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित



पर्वत । बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् ।

कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन् । जिल्लाभर १३१ घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए ।

बाढीपहिरोले पाँच वटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ । पर्वत-बागलुङ जोड्ने झोलुङ्गे पुल मध्यपहाडी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति भएको छ । जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन् । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी र लुङ्खुदेउराली-हुवास सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने उनले जानकारी दिए ।

बाढीपहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक सङ्घसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने-ओछ्याउने, सरसफाइ र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ८ : ०३ बजे

एमाले रुपन्देही सचिवालय सदस्य मनकुमार कनौजेसहित १२० जना रास्वपामा प्रवेश

बुटवल । नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य मनकुमार कनौजेसहित

एआरई जीपी बुटवल क्वालिफायर्समा ७६ राइडर सहभागी, तीन फाइनलिस्ट छनोट

बुटवल । बुटवलमा सम्पन्न अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी रेसिङ

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

जुम्ला । जुम्ला हुँदै मनाङ-मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत । बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् ।

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

लमजुङ । दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ