३ पुस २०८२, बिहिबार | December 19, 2025

३५ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब सुपौली विजयी



बुटवल । रुपन्देहीको तिलोत्तमामा शनिबारदेखि ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतीमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो ।

तिलोत्तमा-६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब सुपौली विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

सम्पूर्णले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवललाई ट्राईब्रेकरमा ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयमा दुबै समुहबाट समान १/१ गोल भएपछि ट्राईब्रेकरबाट विजयी टिमको टुङ्गो लागेको हो । पहिलो हाफको २२ औं मिनेटमा प्रहरीका शैलेन्द्र चौधरीले गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा हार ब्यहोर्नु परेको हो । १-० गोल अन्तरले पछि परेको सम्पूर्णलाई दोस्रो हाफको २० औं मिनेटमा सोनम गुरुङले गोल गर्दै बराबरीमा लगेका थिए । खेल अवधिभर सम्पूर्णमाथि हाबी देखिएको प्रहरीले गोल गर्ने उत्कृष्ट अवसरहरुलाई गुमाएको थियो । हारसँगै प्रहरीको टोली प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबार दिउँसो ३ बजे हुने दोस्रो खेलमा भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी र लिस्नु युवाक्लब कोटिहवाका बीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सचिव सिजन थापाले जानकारी दिए । विभिन्न जिल्लाका १६ समुहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख ५० हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उपविजेताले नगद राशी १ लाख ७५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव थापाले जानकारी दिए । प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने अन्य २ समुहलाई समेत समान २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र हाईस्कोररलाई समान ५ हजार नगद राशीले सम्मान गरिने खेल संयोजक मनु श्रीसले जानकारी दिए । प्रतियोगितामा पत्येक खेलका म्यान अफ दि म्याचलाई ३ हजार नगद राशीले सम्मान गरिने छ । प्रतियोगिता असोज २८ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा आयोजक झरना स्पोर्ट्ससँगै २४ औं संस्करणको विजेता जन ज्योती क्लडिङ्गरनगर, न्यू सिर्जना युवा क्लब करौजिया, देबदह ब्वाँइज देबदह, अहना एफसी बुटवल, नवयुवा खेलकुद ठुटिपिपल, पाल्पा-११ पाल्पा, लिस्नु युवा क्लब कोटिहवा, भूपू सैनिक स्पोर्टिङ क्लब सालघारी, बहुजातीय एकता समाज मडहा, सौभाग्य युवा क्लब बुटवल, नवलपरासी-११ नवलपरासी, फर्साटिकर एफसी फर्साटिकर, सम्पूर्ण युवा क्लब सुपौली र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले खेलको माध्यमबाट नगर तथा सिंगो मुलुकलाई बिकास गर्न सकिने उल्लेख गरे । खेलकुदको बिकासका लागि नगरपालिका आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै सोही अनुसार नीति कार्यक्रम तथा बजेटमा समेत व्यवस्था गरिएको बताए । तिलोत्तमाबाट उदायका खेलाडीहरुले विभिन्न खेलको माध्यमबाट देश तथा विदेशमा समेत नाम कमाउन सफल भएको बताउँदै उनले थप बिकासका लागि नगरपालिका सधै सकारात्मक रहेको उल्लेख गरे ।

यसैगरी उप प्रमुख जगेश्वरदेवी चौधरीले युवाहरुलाई खेलको माध्यमबाट एकै ठाउँमा जोड्नुका साथै सकारात्मक भावनाको विकास गर्न सकिने उल्लेख गरिन् । खेलमा सहभागी युवाहरुले त्यसमै आत्म निर्भर हुने गरि आर्थिक हिसाबले समेत सबल बनाउनु पर्ने खाँचो औल्याउँदै चौधरीले नगरपालिमा रहेको सीमित श्रोत र साधनले मात्रै नपुग्ने हुँदा प्रदेश तथा केन्द्र सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिइन ।

क्लबका अध्यक्ष गंगा प्रसाद रानाले युवाहरुमा उत्कृष्ट खेल प्रतिभा हुँदाहुँदै पनि बाँच्नका लागि विदेशीनु पर्ने बाध्यता रहेको गुनासो गरे । सरकारले खेलाडीको जीविको पार्जन हुने गरि उनीहरुलाई आर्थिक रुपमा सबल गराउने हो भने खेलकै माध्यमबाट मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन युवा सक्षम रहेको उनले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : २७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको