१७ बैशाख २०८१, सोमबार | April 29, 2024

डा. हेमराज शर्माले ल्याए एनआरएनए बदल्ने ९ बुँदे रोडम्याप



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संस्थाको रुपान्तरणको लागि ९ बुँदे रोडम्याप (मार्गचित्र) सार्वजनिक गरेका छन् ।

डा. शर्माले शनिवार एक विज्ञप्ति जारी गर्दै आफु महासचिव हुदाँ गरेका प्रतिबद्धताहरु कार्यान्वयनको अवस्थामा रहेको बताउँदै विकसित परिस्थिलाई ध्यानमा राखेर एनआरएनएको रुपान्तरणको लागि स्पष्ट रोड म्याप सार्वजनिक गरेको जनाए ।

उनले विज्ञप्तिमा सबैको एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दीगो एनआरएनए, सबल र बहुआयामिक एनआरएनए, ज्ञान सीप र नवप्रर्वधनका लागि एनआरएनए, उत्तरदायी र पारदर्शी एनआरएनए, एनआरएनको लागि एनआरएनए, नेपाल सरकारको साझेदा एनआरएनएए लगायतका शिर्षकमा संस्थाको भावि कार्ययोजना सहित आफ्ना प्रबिद्धताहरु सार्वजनिक गरेका हुन् ।

डा. शर्माले यसअघि गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसमा पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

 

कस्तो छ शर्माको रोडम्याप:

१) सबैको एनआरएनए (NRNA for all):
महिला, युवा, वैदेशिक रोजगारमा गएका नेपाली, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरू सहित आम गैरआवासीय नेपालीहरूले अपनत्व महसुस गर्ने संस्थाको रूपमा संघलाई रूपान्तरण गर्ने ।

२) स्मार्ट एनआरएनए (Smart NRNA):
गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउने । सम्पूर्ण पंजिकृत सदस्यहरूलाई अनलाइनबाट मतदानको व्यवस्था गर्ने । स्मार्ट एनआरएनए एप्सबाट सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई जोड्ने ।

३) परिणाममुखी एनआरएनए (Result-oriented NRNA):
गैरआवासीय नेपाली संघका कार्यक्रमहरू परिणाममुखी बनाउन अल्पकालीन र दिर्घकालीन नीति तथा कार्ययोजना बनाउने ।

४) दिगो एनआरएनए (Sustainable NRNA):
सचिवालय संचालन र परियोजनाका लागि सदस्याता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि प्रविधिमा आधारित वैकल्पिक स्रोतको पहिचान गर्ने तथा एनआरएनए फाउन्डेसन मार्फत युएन अन्तर्गतका संस्था र अन्तर्राष्ट्रिय परोपकारी संस्थासँग सहकार्य गर्ने ।

५) सबल र बहुआयामिक एनआरएनए (Strong and multidimensional NRNA):
गैरआवासीय नेपाली संघको दायारा बढाउँदै अन्तर्राष्ट्रियस्तरको बहुआयामिक संस्थामा विकास गरी संघलाई रिब्रान्डिङ गर्ने । सिमा समस्या, भुमण्डलीकरण (Globalization) र जलवायु परिवर्तन (Global warming) जस्ता नेपाललाई प्रत्यक्ष नकारात्मक असर पार्दै आएका बिषय अन्तर्राष्ट्रिय मंचमा पुराउन सेतुको रूपमा काम गर्ने ।

६) ज्ञान, सीप र नवप्रवर्धनका लागि एनआरएनए (NRNA for skill, knowledge and innovation):
पेशागत र विज्ञहरूलाई संघमा समेट्न भौगोलिक सीमा बिनाको ‘Professional Academic Council (PCC)’ को गठन गर्न विधानमा व्यवस्था गर्ने (यसले राष्ट्रिय समन्वय परिषदले जस्तै स्वायत्त भएर काम गर्नेछ ) | NRNA Policy Institute लाई सुचारू गर्ने ।

७) उत्तरदायी र पारदर्शी एनआरएनए (Accountable and transparent NRNA):
गैरआवासीय नेपाली संघका पदाधिकारीहरूलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन र उच्च आचरण कायम गर्न वैधानिक व्यवस्था गर्ने । संघको निर्वाचनलाई मर्यादित र मितव्ययी बनाउने । आर्थिक पारदर्शिता कायम गर्ने । अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनले राष्ट्रिय समन्वय परिषदलाई असर नगर्ने खालको निर्वाचन पद्दति अवलम्बन गर्ने ।

८) एनआरएनका लागि एनआरएन (For NRN By NRN):
गैरआवासीय नेपाली समुदायसँग जोडिएका विषयहरू (सामाजिक सुरक्षाकोष, श्रमिक समस्या, नागरिकता, सम्पत्ति अधिकार, नेपालको आम निर्वाचनमा विदेशबाट मतदान, विद्यार्थीका समस्या, दोहोरो कर प्रणाली, पुर्वगोर्खा सैनिकको अधिकार, नेपालीभाषी समुदायको सामिप्यता आदि) मा पैरवी गर्ने ।

९) नेपाल सरकारको साझेदार एनआरएनए (Nepal Government Partner NRNA):
नेपालको समृद्धिको लागि सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने ।

 

को हुन् डा हेम राज शर्मा ?

संघको पूर्वप्रवक्ता तथा महासचिवको जिम्मेवारी सम्हालिसकेका डा। शर्माले महासचिवको बागडोर सम्हालेपछि स्मार्ट एनआरएनए अन्तर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पञ्जिकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्वपूर्ण निर्णयहरु विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपमान्तरण बाटोमा अघि बढाएका छन् ।

कुशल प्रशासक समेत रहेका डा. शर्माले काठमाडौंस्थित संघको सचिवालयलाई चुस्त राख्न र पुनरसंरचना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । डा. शर्माले विश्वव्यापी कोरोना महामारीमा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि संयुक्त राष्ट्रसंघ समक्ष पुगेर गैरआवासीय नेपाली संघलाई पहिलो पटक अन्तराष्ट्रिय दातृ निकायसँग सहकार्यको सुरुवात गरेका थिए ।

बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सकृय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित छन् । उनले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल समेत हासिल गरेका छन् । उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरेका थिए भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरेका हुन् ।

सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आइसीसी सदस्यमा मनोनित भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए।

संघका संस्थापक नेताहरु तथा सबै पूर्वअध्यक्षहरुसँग निकट रहेर काम गरेको अनुभव बटुलेका शर्माले पूर्वअध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

५० भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए । डा।शर्मा संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ५८ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको