७ आश्विन २०८३, बुधबार | September 23, 2026

कपिलवस्तुमा रक्तचन्दन बरामद



कृष्णनगर । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज बिहान साढे छ क्विन्टल रक्तचन्दन बरामद गरेको छ ।

रक्तचन्दनसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका– ३ का टीकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका– ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका– ३ का नीमबहादुर नेपाली रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको छ सय ५३ किलो एक सय ५० ग्राम रक्तचन्दन बुद्धभूमि नगरपालिका–१ पत्थरकोटबाट नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

रक्तचन्दन ढुवानीमा प्रयोग गरिएको लु २ च १६३९ नम्बरको बोलेरो जीप र ना ५ ख ७३८२ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । रक्तचन्दनको काठ र पक्राउ गरिएका व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : ४९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११