२२ माघ २०८२, बिहिबार | February 5, 2026

बुटवलको बजारमा पसल पिच्छे फरक मूल्य, एक किलो जिरामा ब्यापारीले खाए ६ सय नाफा



बुटवल । बुटवलको बजारमा ब्यापारीले एक किलो जिरामा ६ सय बढी नाफा लिने गरेको फेला परेको छ । बुटवल उपमहानगरपालिकाले आज गरेको बजार अनुगमनमा एक किलो जिरामा ६ सय बढी नाफा असुल्ने देखि पसल पिच्छे फरक मूल्यमा बेच्ने गरेको फेला परेको हो ।

बजारमा अखाद्य बस्तु विक्रि भएको, महंगो मुल्यमा व्यापारीले बस्तुको विक्रि गरेको गुनासो समेत बढिरहेका बेला बुटवल उपमहानगरपालिकाले अनुगमन गर्दा बजारको अवस्था त्यस्तो फेला परेको हो ।

आईतबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा खाद्यान्य पसल अनुगमन गरिएको छ । बढी नाफाखोरी सहित फरक मूल्य र लेवल विनाका सामानहरु विक्रि गरिएको भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ ।

अनुगमनका क्रममा थोक विक्रेताबाट भ्याट सहित ७१२ रुपैयां प्रतिकेजी खरिद भएको जिरा खुद्रा व्यापारीले प्रतिकेजी १ हजार ३ सय रुपैयां सम्म विक्रि गर्ने गरेको भेटिएको थियो ।

पवन किराना पसलले जिराको थोक विक्रि गर्दा प्रतिकेजी ७१२ रुपैयां परेपनि विष्णु किराना पसल सहितका खाद्यान्य पसलमा प्रतिकेजी १ हजार २ सय देखि १ हजार ३ सय रुपैयांमा विक्रि हुने गरेको भेटिएको अनुगमन टोलीकी संयोजक नगर उपप्रमुख अर्यालले बताइन् ।

अनुगमन टोलीले बढि मुल्य विक्रि गर्नेलाई कारवाही नगरि मुल्य समायोजन गरेर विक्रि गर्न आग्रह गरेर हिँडेको थियो ।

त्यस्तै बजारमा चिनीको मुल्यमा पनि एकरुपता नभएको भेटिएको छ । खाद्यान्य पसल अनुसार प्रतिकेजी चिनीको मुल्य ११० देखि १२० रुपैयां सम्म पर्ने गरेको अनुगमनमा भेटिएको थियो ।

त्यस्तै दैनिक उपभोग्य बस्तुको मुल्यमा एकरुपता समेत नदेखिएको अउपप्रमुख अर्यालले बताईन ।

अनुगमनका क्रममा चाडपर्वमा बढि विक्रि हुने जिरा, धनिया, चिनीको मुल्य एकरुपता समेत नदेखिएको उनले बताईन ।

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ११ : ०७ बजे

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा