३ पुस २०८२, बिहिबार | December 19, 2025

३५ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता : भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी विजयी



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबारको खेलमा भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी विजयी भएको छ ।

जवाईले लिस्नु युवा क्लब कोटिहवालाई ३-२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतीमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो ।

तिलोत्तमा-६ कुञ्जलापुरस्थित खेल मैदानमा भएको खेलमा जवाईका सरद दर्लामीले ११ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसैगरी ३१ मिनेटमा अर्का खेलाडी सरद क्षेत्रीले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । खेलको दोस्रो हाफमा पुजन भण्डारीले थप गोल गरेका थिए ।

निस्नुका तर्फबाट खेलको ४२ मिनेटमा सिजन थापा र दोस्रो हाफको २९ मिनेटमा आमोस पुनले गरि २ गोल गरे पनस जितका लागि प्रयाप्त भएन ।

उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब सुपौली विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । सोमबार दिउँसो ३ बजे हुने तेस्रो खेलमा फर्साटिकर एफसी र कपिलवस्तु(११ बीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सचिव सिजन थापाले जानकारी दिए ।

विभिन्न जिल्लाका १६ समुहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख ५० हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उपविजेताले नगद राशी १ लाख ७५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव थापाले जानकारी दिए । प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने अन्य २ समुहलाई समेत समान २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र हाईस्कोररलाई समान ५ हजार नगद राशीले सम्मान गरिने खेल संयोजक मनु श्रीसले जानकारी दिए । प्रतियोगितामा पत्येक खेलका म्यान अफ दि म्याचलाई ३ हजार नगद राशीले सम्मान गरिने छ ।

प्रतियोगितामा आयोजक झरना स्पोर्ट्ससँगै २४ औं संस्करणको विजेता जन ज्योती क्लडिङ्गरनगर, न्यू सिर्जना युवा क्लब करौजिया, देवदह ब्वाँइज देवदह, अहना एफसी बुटवल, नवयुवा खेलकुद ठुटिपिपल, पाल्पा-११ पाल्पा, लिस्नु युवा क्लब कोटिहवा, भूपू सैनिक स्पोर्टिङ क्लब सालघारी, बहुजातीय एकता समाज मडहा, सौभाग्य युवा क्लब बुटवल, नवलपरासी-११ नवलपरासी, फर्साटिकर एफसी फर्साटिकर, सम्पूर्ण युवा क्लब सुपौली र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ६ : ५० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको