१६ श्रावण २०८३, शनिबार | August 1, 2026

३५ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता : भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी विजयी



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबारको खेलमा भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी विजयी भएको छ ।

जवाईले लिस्नु युवा क्लब कोटिहवालाई ३-२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतीमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो ।

तिलोत्तमा-६ कुञ्जलापुरस्थित खेल मैदानमा भएको खेलमा जवाईका सरद दर्लामीले ११ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसैगरी ३१ मिनेटमा अर्का खेलाडी सरद क्षेत्रीले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । खेलको दोस्रो हाफमा पुजन भण्डारीले थप गोल गरेका थिए ।

निस्नुका तर्फबाट खेलको ४२ मिनेटमा सिजन थापा र दोस्रो हाफको २९ मिनेटमा आमोस पुनले गरि २ गोल गरे पनस जितका लागि प्रयाप्त भएन ।

उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब सुपौली विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । सोमबार दिउँसो ३ बजे हुने तेस्रो खेलमा फर्साटिकर एफसी र कपिलवस्तु(११ बीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सचिव सिजन थापाले जानकारी दिए ।

विभिन्न जिल्लाका १६ समुहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख ५० हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उपविजेताले नगद राशी १ लाख ७५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव थापाले जानकारी दिए । प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने अन्य २ समुहलाई समेत समान २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र हाईस्कोररलाई समान ५ हजार नगद राशीले सम्मान गरिने खेल संयोजक मनु श्रीसले जानकारी दिए । प्रतियोगितामा पत्येक खेलका म्यान अफ दि म्याचलाई ३ हजार नगद राशीले सम्मान गरिने छ ।

प्रतियोगितामा आयोजक झरना स्पोर्ट्ससँगै २४ औं संस्करणको विजेता जन ज्योती क्लडिङ्गरनगर, न्यू सिर्जना युवा क्लब करौजिया, देवदह ब्वाँइज देवदह, अहना एफसी बुटवल, नवयुवा खेलकुद ठुटिपिपल, पाल्पा-११ पाल्पा, लिस्नु युवा क्लब कोटिहवा, भूपू सैनिक स्पोर्टिङ क्लब सालघारी, बहुजातीय एकता समाज मडहा, सौभाग्य युवा क्लब बुटवल, नवलपरासी-११ नवलपरासी, फर्साटिकर एफसी फर्साटिकर, सम्पूर्ण युवा क्लब सुपौली र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ६ : ५० बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई