५ पुस २०८२, शनिबार | December 20, 2025

लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ



काठमाडौं । सुनको भाउ घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । योसँगै पछिल्लो ६ दिनमा मात्रै सुनको भाउ ४ हजार ३०० रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि मंगलबार, बुधबार, बिहीबार, शुक्रबार र आइतबार सुनको भाउ क्रमशः प्रतितोला ४००, ८००, १४ सय, ८०० र ८०० रुपैयाँले घटेको थियो ।

यसअघि, आइतबार छापावाल सुन १ लाख ८ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १ हजार ८४४.०३ डलरमा र चाँदी प्रतिऔंस २१.८३ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १२ : ०३ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा