७ आश्विन २०८३, बुधबार | September 23, 2026

‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ का बिजेता बने ब्रबिम, आरुष, सायुरी र अक्क्षयनी



काठमाडौं । ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’को सातौँ संस्करण गत शनिबार सम्पन्न भएको छ ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त प्रतियोगितामा सिनियर र जुनियर केटा र केटी गरेर यी ४ विजेता चुनिएका छन् । ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ का रुपमा ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कंडेल र अक्क्षयनी दाहाल बिजेता घोषित भएका हुन् ।

प्रतियोगितामा जुनियर केटातर्फ ब्रबिम बराल र सिनियर केटातर्फ आरुष भट्टराई विजेता बन्दा जुनियर केटीतर्फ सायुरी कंडेल र सिनियर केटीतर्फ अक्क्षयनी दाहालले उपाधि चुमे । त्यस्तै, प्रतियोगीतामा जुनियर केटातर्फ सम्भव जैन फष्ट रनअप, आर्देन सुवेदी सेकन्ड रनरअप चुँनिदा सिनियर केटातर्फ भियोम गोयल फष्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप हुन सफल भए । त्यस्तै, जुनियर केटीतर्फ सदिक्षा जिसी फष्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअप बन्दा सिनियर केटीतर्फ सावलिन महर्जन फष्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल स्पर्धामा सम्पुर्ण देवापाटे (प्रिन्सिपल माछापुच्छ्रे स्कुल तथा एकाडेमिक निर्देशक), लव कार्की (संचारकर्मी), पुनम भट्ट (अफिसर अर्थमन्त्रालय), मुकुन भुषाल (अभिनेता), जयराम अधिकारी (मातृभुमि स्कुलका कोर्अडिनेटर), प्रदीप बज्राचार्य (अध्यक्ष टिम नेपाल) लगायत निर्णायक रहेका थिए । हेयर एण्ड मेकअप पार्टनरको रुपमा मन्जुमेकअप स्टुडियोले साथ दिएको थियो ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगीता नियमित आयोजना हुँदै आएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । प्रतियोगीताको डान्स कोरियोग्राफर संयुक्त स्थापित रहेका थिए ।

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी अवसरको अलवा दावा एचएमसी नेपाल प्रालीको तर्फबाट गिफ्ट ह्याम्पर समेत प्राप्त गरेको छन् ।
कार्यक्रममा चलचित्र कलाकार संघका निबर्तमान अध्यक्ष रबिन्द्र खड्का, चलचित्र सेन्सर बोर्डका पूर्व सदस्य राजेश महर्जन लगायत चलचित्रकर्मीको उपस्थिति थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ४ : ५१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई