२३ चैत्र २०८२, सोमबार | April 6, 2026

हिजो स्थगित बागमती प्रदेशसभाको बैठक आज पुनः बस्दैँ



हेटौंडा । विवादका बिचमा हिजो स्थगित भएको बागमती प्रदेशसभाको बैठक आज बस्दैँछ । प्रतिपक्षी एमालेले विरोध जनाएपछि हिजोको बैठक सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

पछि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले अबरोध गरेको हो ।

बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको हो । सो विधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए ।

गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त विधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाएका थिए ।

तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेश गर्न खोजे पछि हिजोको बैठकमा घम्साघम्सी भएको हो । एमालेले प्रदेश प्रमुखको सुझाव समेटेर मात्रै विधेयक संसदमा पेश गर्न भने पनि प्रदेश सरकारले जस्ताको तस्तै पुनः ल्याएपछि संसदमा घम्साघम्सी भएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : २३ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको