२० मंसिर २०८२, शनिबार | December 6, 2025

एशियाली खेलकुद क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित



काठमाडौं । भारतसँग नेपाल पराजित भएको छ ।

एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो ।

चीनको हाङजाउमा मंगलबार बिहान भएको नेपाल भारतसँग २३ रनले पराजित भएको हो। भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रनमा सिमित हुनु परेको हो ।

भारतसँगको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाएका थिए भने अन्य खेलाडले दोहोरो अंक पनि जोड्न नसके पछि अन्ततः नेपाल २३ रनले पराजित भएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन् ।

यो हारसँग नेपाल क्ववाटर फाइनल प्रतियोगिताबाट बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : ३४ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति