१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपालगन्जमा कर्फ्यु आदेश जारी



नेपालगन्ज । सम्भावित साम्प्रदायिक दङ्गालाई मध्यनजर राख्दै बाँके प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सामान्य विवादबाट सुरु भएको विषय चर्कने सम्भावना देखिएपछि प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो ।

हिन्दु धर्म समर्थकहरुको प्रदर्शनमा तोडफोड हुने संकेत देखिएपछि कर्फ्यु आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगञ्जमा आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो ।

नेपालगन्जमा केही ब्यक्तिहरुले सामाजिक सञ्जालको दुरुप्रयोग गर्दै सामाजिक सदभावमाथि प्रहार हुने खालको स्टाटस राखेको भन्दै त्यसको बिरोधमा सुरु भएको विरोध प्रदर्शन साम्प्रदायिक सदभाव खलल पुग्ने अवस्थामा पुगेपछि प्रशासनले कर्फ्यु लगाएको जनाएको छ । ओमकार परिवारको नामबाट गौ हत्यको विरोध गर्ने भन्दै निकालिएको जुलुसले सार्वजनिक सम्पत्तिमाथि तोडफोड र सुरक्षाकर्मी माथि ढुँगामुढा गरेपछि प्रशासनले कर्फ्यु आदेस जारी गरेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा जनाइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो ।आदेश नेपालगन्ज उपमहानगरको पूर्वमा राप्ती नदीको पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर गेट, उत्तरमा राँझा चोक र जमुनाहा नाकासम्मको क्षेत्रमा लागु हुने जनाइएको छ । आज दिँउसो १ बजेबाट अर्को आदेश नहुँदा सम्म कर्फ्यु आदेश जारी रहने छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १ : ३५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा