९ चैत्र २०८२, सोमबार | March 24, 2026

नेपालगन्जमा कर्फ्यु आदेश जारी



नेपालगन्ज । सम्भावित साम्प्रदायिक दङ्गालाई मध्यनजर राख्दै बाँके प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सामान्य विवादबाट सुरु भएको विषय चर्कने सम्भावना देखिएपछि प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो ।

हिन्दु धर्म समर्थकहरुको प्रदर्शनमा तोडफोड हुने संकेत देखिएपछि कर्फ्यु आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगञ्जमा आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो ।

नेपालगन्जमा केही ब्यक्तिहरुले सामाजिक सञ्जालको दुरुप्रयोग गर्दै सामाजिक सदभावमाथि प्रहार हुने खालको स्टाटस राखेको भन्दै त्यसको बिरोधमा सुरु भएको विरोध प्रदर्शन साम्प्रदायिक सदभाव खलल पुग्ने अवस्थामा पुगेपछि प्रशासनले कर्फ्यु लगाएको जनाएको छ । ओमकार परिवारको नामबाट गौ हत्यको विरोध गर्ने भन्दै निकालिएको जुलुसले सार्वजनिक सम्पत्तिमाथि तोडफोड र सुरक्षाकर्मी माथि ढुँगामुढा गरेपछि प्रशासनले कर्फ्यु आदेस जारी गरेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा जनाइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो ।आदेश नेपालगन्ज उपमहानगरको पूर्वमा राप्ती नदीको पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर गेट, उत्तरमा राँझा चोक र जमुनाहा नाकासम्मको क्षेत्रमा लागु हुने जनाइएको छ । आज दिँउसो १ बजेबाट अर्को आदेश नहुँदा सम्म कर्फ्यु आदेश जारी रहने छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १ : ३५ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११