२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

बुटवलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तिलोत्तमाका एक युवाको मृत्यु



बुटवल । गएराति बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तिलोत्तमा नगरपालिका-१ शंकरनगर बस्ने २६ वर्षीय गोबिन्द ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालयका डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

लु ४९ प ४४४ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा अनियन्त्रित भई सोमबार राति विद्युतको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी गम्भीर घाइते भएका ढकालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु थापाले बताए ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको चौराह हस्पिटलमा उपचार भइरहेको थापाले जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : २८ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,