४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तिलोत्तमाका एक युवाको मृत्यु



बुटवल । गएराति बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तिलोत्तमा नगरपालिका-१ शंकरनगर बस्ने २६ वर्षीय गोबिन्द ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालयका डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

लु ४९ प ४४४ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा अनियन्त्रित भई सोमबार राति विद्युतको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी गम्भीर घाइते भएका ढकालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु थापाले बताए ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको चौराह हस्पिटलमा उपचार भइरहेको थापाले जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको