१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बझाङलाई केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प, कैयौं घर भत्किए, तीन जना घाइते



बझाङ । मंगलबार दिउँसो गएको भूकम्पमा परी बझाङमा दुई जना घाइते भएका छन् ।

भूकम्पपछि भत्एिको घरले च्यापेर जयपृथ्वी नगरपालिका–१० का दुई जना घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यस्तै भूकम्पका कारण सुख्खा पहिरो जाँदा जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउँमा पहिरो गएको छ ।

अहिलेसम्म मानवीय क्षति नभएको तर थुप्रै संरचना भत्किएको प्रहरीले जनाएको छ । अहिले क्षतिको विवरण संकलन गर्ने काम भैरहेको छ ।

बझाङको जयपृथ्वी नगरपालिकालाई केन्द्रबिन्दू बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछि सोही क्षेत्रमा ६ दशमलव ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली, बाँके जिल्लामा समेत महसुस गरिएको थियो । यस्तै भारतको दिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ५ : ०७ बजे

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र