१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपालगन्जमा कर्फ्यु : बजार क्षेत्र सुनशान, नाकामा अलपत्र नेपालीलाई प्रहरीबाट उद्दार (फोटोफिचर)



नेपालगन्ज । बिहान फितलो देखिएको नेपालगन्जमा जारी कर्फ्यु आदेशलाई प्रशासनले सशक्त बनाएको छ । कर्फ्यु नबुझेर बिहानैबाट सडकमा निस्केका सर्वसाधारणलाई प्रहरीले कडाई गरेर घरघर पठाएको हो ।

बिहानैबाट माइकिङ गरेर कर्फ्यु आदेशको पालना गर्न सूचित गरेको प्रहरीले त्यस लगत्तै बल प्रयोग गरेर तितरबितर पारेको छ । समुहमा भेला भएका कतिपय चोकहरुमा प्रहरीले लाठी चार्ज गरेर तितरबितर पारेको स्थानीयले बताएका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै मंगलबार दिनभरी नेपालगन्जमा भएको झडपका क्रममा ५ प्रहरी सहित २२ जना घाइते भएको जानकारी दिएको छ । घाइते मध्य २१ जना बिभिन्न अस्पतालमा उपचार पश्चात घर फर्केको र एक जनाको भेरी अस्पतालमा उपचार भइरहेको प्रशासनले जानकारी दिएको छ ।

प्रहरीले कडाई गरेसँगै नेपालगन्ज नगर सुनशान बनेको छ । सडकमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले गस्ती गरिरहेको छ । सर्वसाधारण घर बाहिर निस्केका छैनन् । प्रशासनले शान्ति बाहाल गर्न र सदभाव कायम गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एवं उद्योगी ब्यवसायी र सर्वसाधारणलाई अपिल पनि गरेको छ ।

नेपालगन्जमा कर्फ्यु लागेपछि दशैं मनाउन भारतबाट घर फकंदै गरेका सयौं नेपालीहरु जमुनाहा नाकामा रोकिएका छन् । मध्यरातीबाट नाकामा रोकिएका नेपालीलाई आज मधन्हबाट प्रहरीले आफनो बसमा राखेर कर्फ्यु एरिया बाहिरसम्म पु¥याएको छ । जमुनाहा नाकामा आइपुगेका नेपालीहरुलाई बिना कुनै अवरोध सहज रुपमा गन्तव्य सम्म पठाउने काम भईरहेको बाँके प्रहरीले जनाएको छ ।

नेपालगन्जमा कर्फ्यु जारी रहेकोले मनोपरी तरिकाले जान नमिल्ने भएकोले प्रहरीको सहयोगमा नेपाली नागरिकहरूलाई नेपाल भारत सीमा नाका जमुनाहाबाट राँझा चोकसम्म पठाउने काम जारी रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

नेपालगन्जको जमुनाहा नाकामा पुगेका नेपाली नागरिकहरुलाई नेपाल प्रहरीको गाडी र सार्वजनिक गाडीसमेत गरी ६ वटा गाडीको व्यवस्थापन गरी कर्फ्यु क्षेत्रको सीमा बाहिर राँझा चोकसम्म पुर्याउने व्यवस्था गरिएको उनले बताए ।

स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर गेट, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहासम्म मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

फोटो : जाबेद अहमद, नरेश श्रेष्ठ

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १२ : १६ बजे

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित