१३ माघ २०८१, आइतबार | January 26, 2025

सिक्किममा बाढीमा परेर २३ सैनिक बेपत्ता



काठमाडौं। भारतको उत्तरी सिक्किमस्थित टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् ।

बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ । चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र आएको बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको केही भाग समेत बगाएको छ ।

सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको हो ।
छ ।

बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ ।

सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ । कुनै क्षेत्रमा करिब एक घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको अवस्थालाई क्लाउड ब्रस्ट भनिन्छ र बाढी आउँछ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १ : २१ बजे

१ करोडको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रादेशिक महोत्सवमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन माग

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत

रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश

भैरहवा । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको तेस्रो मुद्दामा

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको