७ आश्विन २०८३, बुधबार | September 23, 2026

पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण



काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ ।

गत साउन पहिलो सातादेखि महानगरपालिकाले खानेपानीको नियमित रुपमा गरेको अनुगमनका क्रममा यस्ता किसिमका त्रुटि फेला परेको जनाएको हो । महानगरको कृषि तथा पशुपक्षी विभागका प्रमुख डा. अवधेश झाका अनुसार अहिले पिउने पानीमा नै ठूलो समस्या रहेको छ, जहाँ मिसावट र अखाद्य कम भेटिए पनि प्रक्रिया नै पूरा नगरी बिक्री वितरण हुनु समस्या हो ।

पानी वितरण प्रक्रिया अव्यावहारिक र कानुन विपरीत रहेको जनाउँदै डा झाले नियमित अनुगमन गरेर कारबाहीको दायरामा ल्याउने बताए । उनले भने, “यसमा उपभोक्ताले पनि ध्यान दिन आवश्यक छ, कस्तो जारको पानी खाँदैछौँ त्यस विषयमा ध्यान दिनुपर्छ, बाहिरीरुपमा कुच्चिएको, पुरानो र बिल बिनाका जारको पानी किन्नु हुँदैन ।”

त्यसैगरी जारको बिर्कोमा भएको संस्थाको नाम र लेबलमा भएको संस्थाको नाम एकै हुनुपर्छ, लेबल नराखिएको जारको पानी प्रयोग नै नगर्न उनले उपभोक्तालाई आग्रह गरेका छन् । माथि उल्लिखितभन्दा फरक जार बिक्री वितरण गरेको पाइए महानगरको कृषि विभागमा जानकारी दिन पनि प्रमुख झाले आग्रह गर्नुभएको छ । हाल काठमाडौं महानगरपालिकाभित्र पानी वितरण गर्ने एक सय ८० संस्था रहेका छन् ।

विभागले अहिले महानगरका ३२ वटै वडामा पानीको अनुगमन गरिरहेको छ । महानगरले चालु आर्थिक वर्षमा पानीसँगै दूध र तेलको पनि गहिरिएर अनुगमन गर्ने जनाएको छ । कार्यालय, होटल, रेष्टुरेन्ट एवं घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन नियमित रुपमा भइरहेको महानगरले जनाएको छ ।

महानगरले पिउने पानीका लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घर लगायतका बारेमा अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कामपाले नियम विपरीत सञ्चालन भएको माता वैष्णवदेवी फुड एन्ड वेभरेज कम्पनीका जार नष्ट गरेको छ । माता वैष्णवदेवी फुड एन्ड वेभरेज कम्पनीले महानगरको कार्यालयसहित अन्य स्थानमा पानी सप्लाइ गर्दै आएको थियो । महानगरले पानीको गुणस्तरसँगै पानी राख्ने जारको बाहिरी अवस्थाको बारेमा जानकारी लिएर नियम विपरीतलाई कारबाही र जार नष्टसमेत गर्दै आएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १ : ४८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज