४ पुस २०८२, शुक्रबार | December 19, 2025

साइबर ब्यूरोले भन्यो- ‘सामाजिक सञ्जालबाट धार्मिक/साम्प्रदायिक सद्भावमा खलल पुन्याउनेलाई कारबाही गरिन्छ’



नेपालगन्ज । नेपालगन्जमा सामाजिक सञ्जाल फेसबुक स्टाटसका कारण धार्मिक विवाद उत्पन्न भएर कर्फ्यु लगाउनुपर्ने अवस्था आएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालबाट सामाजिक सदभाव खलबलिने स्टाटस पोष्ट नगर्न आग्रह गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुन्याउने र राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहिन विषय वस्तु एवं व्यक्तिको प्रतिष्ठा, आत्म सम्मानमा ठेस पुग्याउने र जातीय भेदभाव, छुवाछुत, श्रमप्रति अवहेलनाका साथै शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामाग्री प्रकाशन तथा प्रदर्शन नगर्न नगराउन आग्रह गरेको हो ।

ब्यूरोले प्रचलित कानुनले रोक लगाएका सामाग्रीहरू प्रकाशन वा प्रदर्शन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालगन्जमा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको स्टाटसमा गरिएको कमेन्टको विषयलाई लिएर धार्मिक सदभावमा खलल पुगेको छ । धार्मिक विवादलाई मत्थर गराउन भन्दै स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश अहिले पनि कायम रहेको छ । सामान्य स्टाटस कमेन्टको निहुमा ५ प्रहरी सहित २२ जना घाइते हुनुका साथै सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड भएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ५ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको