२४ श्रावण २०८३, आइतबार | August 9, 2026

बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा बैठक आह्वान



काठमाडौं । मङ्गलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठक बोलाएका छन् ।

बिहीबार बिहानका लागि प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनस्र्थापना लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

बैठकमा भूकम्पबाट भएको क्षति बेहोरेका प्रभावित परिवारका विषयमा विशेष सम्बोधन हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले बताउनुभयो ।

बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्री प्रचण्डले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुसँग भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ८ : ३६ बजे

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ गते

काठमाडौं । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौं । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।