१९ माघ २०८२, सोमबार | February 2, 2026

मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक



बेनी । चीनको स्वशासित क्षेत्र मुुस्ताङको सिमानामा रहेको कोरला नाकामा आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितमा जिल्ला सुुरक्षा समन्वय समितिको बैठक बसेको छ ।
प्रदेशस्तरीय सुरक्षाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको उपस्थितमा प्रदेश तथा जिल्लास्तरीय सुरक्षा समन्वयको दुई चरणमा अलगअलग बैठक बसेको हो ।
समन्वय बैठकमा एक चीन नीतिप्रति प्रतिबद्ध भई सीमा सुरक्षा तथा सीमानाकामा अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा सजगता अपनाउने विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।
प्रेस संयोजक सापकोटाका अनुुसार प्रधानमन्त्रीको चीन भ्रमणसँगै १४ वटा उत्तरी नाका पुनःसञ्चालन गर्ने मार्ग खुलिसकेकाले त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत बृहत् छलफल भएको छ ।
बैठकमा प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, प्रदेश सांसद विकल शेरचन र प्रदेश सांसद नम्डु गुरुङ पनि उपस्थित भएका थिए । यसका अलवा मुख्यमन्त्रीको टोलीमा प्रदेश तथा जिल्ला सुरक्षा निकाय र प्रदेश तथा जिल्लास्थित सरोकारवाला कार्यालयका कर्मचारीहरूको उपस्थिति थियो ।
कागबेनीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी उपल्लो मुस्ताङ प्रस्थान गरेको मुख्यमन्त्री पाण्डेसहितको टोलीले आज कोरला नाकाको स्थलगत निरीक्षण गरेको छ । पाण्डेले कोरला नाकाको भ्रमण सकेपछि सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा पुगेर स्थानीयको समस्या र प्रदेश सरकारबाट सञ्चालित विकास निर्माणका योजनाका विषयमा गुुनासो सुुनेका थिए ।
प्रदेशका कार्यक्रम र जनसरोकारका विषयमा जानकारी लिन मुख्यमन्त्रीसहित नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा लगायतको टोली उपल्लो मुुस्ताङ पुगेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : ४४ बजे

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको

बालेन्द्र साहसहित २९ जना उम्मेदवारलाई सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ

नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा