१३ श्रावण २०८३, बुधबार | July 30, 2026

भूकम्पले भत्किएका ७६० सम्पदा पुनर्निर्माण



काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनर्निर्माण सकिएको पुरातत्व विभागले जनाएको छ ।

भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो । हाल ५० सम्पदा पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । चालु आर्थिक वर्षमा ३० सम्पदाको पुनःनिर्माण सुरु गर्न बजेट विनियोजन भएको उनले बताए ।

भूकम्पले एक सय वर्षभन्दा पुराना दुई सय १५ गुम्बामा क्षति पुर्‍याएको जनाउँदै कुँवरले तीमध्ये २५ वटाको पुनःनिर्माण भइरहेको बताए । बाँकीको पुनर्निर्माणका लागि पहल भइरहेको विभागले जनाएको छ । सम्पदा पुनःनिर्माणका लागि काठ, इट्टालगायत निर्माण सामग्री नपाइने समस्याका कारण काममा ढिलाइ भएको प्रवक्ता कुँवरको भनाइ थियो ।

विसं २०७६ चैत ११ पछि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका समयमा गरिएको बन्दाबन्दी, खरिद प्रक्रिया लामो हुनु, बजेट पर्याप्त नआउँनुलगायत कारणले पनि काममा ढिलाइ हुने गरेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १ : २१ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ