२९ मंसिर २०८२, सोमबार | December 15, 2025

महंगीप्रति कटाक्ष गर्दै रघुजी पन्तको प्रश्न – सरकार, जनताको दशैँ यसपालि कसरी टर्छ ?



काठमाडौं । एमाले सांसद रघुजी पन्तले बढिरहेको महंगीले जनतालाई नजिकिएको दशैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महंगीले थलिएका जनताले यसपालिको दशैँ कसरी मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

दाल, चामललगायत खाद्यान्नसहितको उपभोग्य बस्तुमा महंगी बढेको र यसले जनतालाई मारमा पारे पनि सरकारले बेवास्ता गरेको उनको कटाक्ष थियो ।

कविताको शैलीमो तरकारी र खाद्यान्नको भाउ महंगीएको भन्दै उनले भने, ‘खल्तीमा तलब हालेर हिँडियो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको २५०, बजार भाउ सुन्दा गुम्छ होसहवास, तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ, गोलभेंडाले के किन्लास् र तँले भनेर आँखा तर्छ, दशैं पेश्की आउने कहिले कहिले, पेश्कीमा महंगी आयो, सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो, आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ, सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ ?’

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १२ : ०६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले