४ पुस २०८२, शुक्रबार | December 19, 2025

लेकसाइडको होटलबाट हाम्फालेका चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु



पोखरा। पोखरामा एक चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु भएको छ ।

पोखराको लेकसाइडस्थित एक होटलको तेस्रो तलावाट हामफालेका ती चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु भएको हो ।

गत बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हाम फालेका चिनियाँ नागरिक ४१ वर्षीय सन ग्याङ्ग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

मध्यरातमा हाम फाले पछि गम्भिर घाइते भएका उनलाइ सुरुमा गण्डकी मेडिकल कलेजमा लगिएको तर त्यहाँ उपचार सम्भवः नभए पछि पोखरा अस्पताल लगिएको थियो तर उपचारको क्रममा नै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनको शुक्रबार दिउँसो निधन भएको हो ।

उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनी दुई हप्तादेखी सोही होटलमा बस्दै आएका थिए । उनले आत्महत्याको प्रयास गरेको हो कि चिप्लिएर लडेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ३६ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह