२४ भदौ २०८३, बुधबार | September 9, 2026

लेकसाइडको होटलबाट हाम्फालेका चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु



पोखरा। पोखरामा एक चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु भएको छ ।

पोखराको लेकसाइडस्थित एक होटलको तेस्रो तलावाट हामफालेका ती चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु भएको हो ।

गत बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हाम फालेका चिनियाँ नागरिक ४१ वर्षीय सन ग्याङ्ग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

मध्यरातमा हाम फाले पछि गम्भिर घाइते भएका उनलाइ सुरुमा गण्डकी मेडिकल कलेजमा लगिएको तर त्यहाँ उपचार सम्भवः नभए पछि पोखरा अस्पताल लगिएको थियो तर उपचारको क्रममा नै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनको शुक्रबार दिउँसो निधन भएको हो ।

उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनी दुई हप्तादेखी सोही होटलमा बस्दै आएका थिए । उनले आत्महत्याको प्रयास गरेको हो कि चिप्लिएर लडेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ३६ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४