१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

हराएकी भनिएकी महिला घरको भकारीभित्र मृत फेला



सुर्खेत । सल्यानको सिद्धकुमाख गाउँपालिका–४ खार्वनमा चार दिनदेखि हराइरहेकी महिला आफ्नै घरमा मृत भेटिएकी छिन्। ४९ वर्षीया गणेशी रोका बिहीबार साँझ आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेकी हुन्।

परिवारले गणेशी असोज १५ गते बेलुका घरबाटै हराएको भनेर बताउँदै आएको थियो । चार दिनसम्म सम्पर्कमा नआएपछि गाउँलेले उनको खोजी थालेका थिए।

बिहीबार गाउँले मृतकको घरमा जम्मा भएको वेला घरभित्र शव गन्ध आएको थाहा पाएपछि घरभित्र खोज्दा भकारीभित्र शव भेटिएको बताइएको छ । प्रहरीलाई स्थानीयले खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

घटना शंकास्पद रहेको र प्रहरीले अनुसन्धान थालेको श्रेष्ठले बताए। शव पोष्टमार्टममा लागि सल्यान जिल्ला अस्पताल पठाइएको छ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १२ : ३४ बजे

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई

अटिजमको कथा बोकेको चलचित्र ‘गौँथली’ आजदेखि प्रदर्शनमा

काठमाडौं । अटिजमजस्ता संवेदनशील विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली

लागत बढेपछि चपेटामा किसान

सर्लाही । बरहथवा नगरपालिका-५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

तनहुँ । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ

तीन महिनामा तीन हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु

काठमाडौं । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६